Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पुर्वी पहाडमा रेडपान्डाको व्यवहार अध्ययन गरिदै

पुर्वी पहाडमा रेडपान्डाको व्यवहार अध्ययन गरिदै

  • सन्देश सम्वाददाता
  • सोमबार, असार १ २०७७


पुर्वी पहाडमा रेडपान्डाको व्यवहार अध्ययन गरिदै

इलाम । कोरोनाको महामारीका बिच पनि संरक्षणविदहरु पुर्वी नेपालमा रेडपान्डाको व्यवहार र आवस अनुगमन गरिरहेका छन् । गत डिसेम्बरबाट १० वटा रेडपान्डामा पहिलो पटक जीपीएस स्याटेलाइट कलहरु जडान गरेर रेडपान्डाको बारेमा अध्ययन गरिरहेका हुन् । तथ्यांकले नेपाल र भारतको बीचमा रेडपान्डाको चाल रहेको देखाउँछ । र यसले अनुसन्धानकर्ताहरुलाई उनीहरुको बानीहरु ट्रयाक गर्न पनि सहज भएको छ । जसले गर्दा लज्जालु प्राणी रेडपान्डा संरक्षणमा मद्धत पुग्नेछ । पूर्वी हिमालय र दक्षिणपश्चिमी चीनमा यी स्तनपायीहरू खतरामा छन्।

रेडपान्डलाई आइयुसीएनले संकटापन्न सुचीमा राखेको छ । ‘यो कार्य रेड पान्डा संरक्षणका निम्ति ठूलो कोसेढुङगा हो’, नेपाल वन तथा भू—संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने । जिपिएस जडान गरिएको १० पान्डालाई स्थानीय मानिसको जस्तै नामहरु दिइएको छ । पान्डाहरुलाई पारु, डोल्मा, चिन्तापु, मेचाचा, भूमो, सेनेहाङ, निङमा, ब्रिन, निनाम्मा र प्रलादेवी नाम दिइएको छ । आवसका निम्ति वन र खानाको रुपमा रहेको बाँसको टुसा कमी हुनुले पन्डामा ठूलो समस्या सिर्जना गरेको छ ।

नेपालका पान्डा संरक्षणकमीहरुको आशा छ— एक वर्षको अध्यायनपछि पान्डा संरक्षणसम्बन्धी महत्वपूर्ण तत्थ्यांक आउने र पान्डा राम्ररी संरक्षण गर्न सहयोग गर्नेछ ।यस स्याटेलाइट ट्रयाकिङले हरेक दुई घण्टामा पाण्डाको स्थानको डाटा प्रदान गर्छ । र संरक्षणविदहरुलाई यसको बारेमा अझै बढि अध्ययन गर्न मद्धत पुग्नेछ । उनीहरुले रेडपान्डा मानव बस्ती भएको स्थानमा रेडपान्डाले कसरी अन्तरक्रिया गर्छ । उनीहरु एक अर्काबिचको समन्वयको बारेमा विश्लेषणबाट जानकारी हुने क्विन्सल्यान्ड विश्वविद्यालयका पीएचडी विद्यार्थी प्रमुख अन्वेषक डम्बर बिष्टले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार