सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा स्थानिय युवाहरुले बिरोध कार्यक्रम गदै सरकारलाई खवरदारी गरेका छन् । कोरोनाको कहरमा अनावश्यक खर्च गरेको भन्दै युवाहरुले सरकारकाे बिरोध जनाएका हुन् । बिभिन्न प्लाकार्ड सहित फिक्कल चोकबाट निस्किएका युवाहरु नगरपालिका कार्यालयसम्म पुगेका थिए ।
१० अर्ब खै , माफ गर्नुहोस् तपाईले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टचारमा व्यस्त छन् ‘ ‘NO MCC’ ‘नेपाली युवा सबै सिड्नीमा बजेट सकियो प्रधानमन्त्रीको किड्नीमा’ ‘जनता भोकले र कोरोनाले ग्रस्त प्रधानमन्त्री उखान र टुक्कमा मस्त’ ‘राष्ट्रपति तपाईलाई कार्पेट फेर्न मन छ , हामीलाइृ राष्ट्रपति फेर्न मन छ’ भन्ने जस्ता नारा लेखिएका थिए । तस्विर : सामाजिक संजालबाट
