इलाम । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड इलाम शाखाले डा हरिहर देव पन्त स्मृति छात्रवृति पुरस्कार वितरण गरेको छ । छात्रवृति छात्रा तर्फ इलाम नगरपालिका–१२ साङरुम्बाकी कुन्तादेवी सापकोटा र छात्र तर्फ इलाम नगरपालिका–१ साखेजुङका खेमराज भुजेलले प्राप्त गरेका छन् ।
पुरस्कार राशी जनही ६ हजार रहेको छ । छात्रवृति प्राप्त गर्ने दुवै जनालाई निर्धन उत्थान लघुवित्त इलाम शाखाका प्रबन्धक शिवराज काफ्लेले हस्तान्तरण गरे । शाखाको विभिन्न केन्द्रमा आवद्ध सदस्यहरुको छोराछोरीहरु मध्येबाट हरेक बर्ष उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई नगद सहित छात्रवृति प्रदान गर्दै आएको संस्थाका कर्मचारी धमप्रसाद जवेगुले जानकारी दिए ।