Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माइपोखरी रामसार क्षेत्रको पर्यटक पूर्वाधार गुरुयोजना कार्यान्वयन

माइपोखरी रामसार क्षेत्रको पर्यटक पूर्वाधार गुरुयोजना कार्यान्वयन

  • सन्देश सम्बाददाता
  • शनिबार, जेष्ठ २४ २०७७


माइपोखरी रामसार क्षेत्रको पर्यटक पूर्वाधार गुरुयोजना कार्यान्वयन

सन्दकपुर । पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । माइपोखरी सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत भएको थियो । रामसार क्षेत्रमा सुचिकृत भएपछि ५ वर्षे गुरुयोजना बनाइएपनि आर्थिक श्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन ।
तर संघीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरी पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेका हुन् । सदरमुकाम इलाम बजारबाट १३ किलोमिटर यात्रामा पुगिने माईपोखरी क्षेत्रमा अहिले पर्यटकहरुको आकर्षण केन्द्र बनाउन पूर्वाधार निर्माण र जैविक विविधताको संरक्षणको काम गरिँदै आएको हाृ ।
सन्दकपुर गाउँपालिकाले माईपोखरीलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन चालु आर्थिक वर्षमा डिपिआर तयार पारेको थियो । डिपिआरको आधारमा संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भई पर्यटन पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताउनुभयो । बहुवर्षे योजनामा स्वीकृत भएपछि संघीय सरकारले माईपोखरी क्षेत्रको जोरपोखरी पर्यटकीय पूर्वाधार विकास आयोजनाको नाममा बजेट विनियोजन गर्दै आएको छ ।


धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात रहेका माईपोखरीमा चालु आर्थिक वर्षमा स–सना पोखरीको मुहान संरक्षणसँगै लोपउन्मुख वन्यजन्तु ठकठकेको संरक्षण गरिँदै आएको छ । पोखरीको जलासय क्षेत्र वरिपरि रहेका २ वटा स–सना पोखरीहरुको संरक्षण गर्ने, आकासे पुल निर्माण गर्ने, कफि सप, सार्वजनीक शौचालय,रेलिङ्ग र दुई पोखरीको बिचमा झोलुङ्गे पुल सहितको पदमार्ग बनाउने योजना डिपिआरमा समेटिएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताउनुभयो । रामसार क्षेत्रमा रहेका पोखरीलाई चालु आर्थिक वर्षमा जोड्न ड्याम निर्माण गर्ने काम भइरहको उपभोक्ता समितिका सचिव दिनेश ढकालले बताउनुभयो । जलायस क्षेत्रको नजिक जैविक विविधताको महत्वका कारण पूर्वाधार निर्माणको काम उपभोक्ताबाट हुँदै आएको छ । स्थानीय सरकारको पहल र संघीय सरकारको समन्वयमा बनाइएको डिपिआर अनुसार साढे सात करोडका संरचना निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राइले बताउनुभयो ।
आर्थिक वर्ष २०७७÷०७८ मा संघीय सरकारसँग डिपिआर अनुसारको बजेट माग गरिएको र दुई वर्ष भित्रमा घुम्नै पर्ने आकर्षक पर्यटकीयस्थल बनाउन पूर्वाधार निर्माणको काम थालिएको राईको भनाइ छ । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको मानिने माइपोखरी पुग्ने धार्मिक पर्यटकहरुले चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गर्दै आएका छन् । हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।


माईपोखरीको उत्पति भारतवर्षका मरुत राजा आई नौवटा कुनामा नौ मन्दिर निर्माणपछि नवदुर्गाको पुजा गरेपश्चात पुजास्थल सुरक्षित राख्न गंगाजीको आरधना गर्दा जल उत्पन्न गरिएको किम्बदन्ति पाइन्छ । किम्बदन्तिअनुसार पुरातनकालमा पोखरीमा खसेका पात पतिङ्गर चराहरुले सधै सफा गर्ने, पञ्चेबाजा, संखघण्ट बज्ने गरेको र पोखरीबाट एक प्रकारको अनौठो ज्योती निस्कने र लोप हुने गरेको कथन छ ।
प्रदेश नम्बर एकको सास्कृतिक सभ्यताको रुपमा रहेका माइेखरीमा दैनिक डेढसयसम्म पर्यटक पुग्ने गरेका छन् । नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपउन्मुख गलैचे झ्याउ र लोउन्मुखनै उभयचर ठकठके लगायत रुख भ्यागुतो र ३ सय बढी प्रजातीका चराको सुमधुर आवाजबाट पोखरी पुग्ने पर्यटकले स्वर्गीय आनन्द लिने गरेका छन् ।
२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको माईपोखरीमा सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणिको अवलोकन गर्न असंख्य पर्यटक वर्षेनी पुग्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार