इलाम । इलाम नगरपालिका ९ स्थित सेरामा निर्माण भएको बसपार्क इलाम नगरपालिकालाई हस्तान्तरण भएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना झापाले इलाम नगरपालिकालाई हस्तान्तरण गरिएको हो । २०७३ असार १६ मा ठेक्का संझौता भई निर्माण शुरु भएको वसपार्क इलाम नगरपालिकालाई हस्तारन्तरण भएको हो ।

दुई चरणमा गरि बसपार्क निर्माण सम्पन्न भएको थियो । प्रथम चरणमा बसपार्कको टर्मिनल भवन र दोस्रो चरणमा बसपार्क, पार्किङस्थल, टिकट काउन्टर र सहरी शौचालय निर्माण भएका थिए । साविक सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाम मार्फत निर्माण सम्पन्न भएको वसपार्क सघन सहरी तथा भवन निर्माण आयोजनाले हस्तान्तण गरिएको हो ।

वसपार्क प्रथम चरणमको काम एक करोड आठ लाख रुपैयाँमा र दोस्रो चरणको काम तीन करोड ४ लाख रुपैयाँमा निर्माणको काम सम्पन्न गरिएको थियो । वसपार्क इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कालिप्रसाद भुजेल, इञ्जिनियर दिपक गुरागाई, निर्माण व्यवसायी विरेन्द्र कार्की, इलाम नगरपालिकाका सव–इञ्जिनियर पुजन ताम्राकार, मेघनाथ ढुङ्गाना र नासु हेमराज ढकालको रोहोबरमा सघन शहरी तथा भवन निर्माण आयोजना झापाका इञ्जिनियर अर्जुन महतो कुशवाहा र छवि गड्तौलाले हस्तान्तरण गरेका थिए । वसपार्कमा १० वटा बस र तीस वटा भन्दा बढी ट्याक्सि अट्ने क्षमता रहेको छ ।