इलाम । इलामका ५५ जना पत्रकारको कोभिड नि:शुल्क बिमा गरिएको छ । कोरोना भाइरस ९कोभिड १९० को जोखिम मोलेर सक्रिय रुपमा काम गरिरहेको जिल्लाका ५५ जना पत्रकारको पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीको पहलमा कोभिड निःशुल्क बिमा गरिएको हो । कोरोनाको संक्रमण बढदै गई रहेको अवस्थामा फ्रन्टलाईनमा रहेर काम गर्दा पत्रकार समेत जोखीममा पर्ने भएकाले पत्रकारको निःशुल्क बिमा गरिएको पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सुसेलीले जानकारी दिए ।
उपाध्यक्ष सुसेलीका अनुसार जिल्लामा संचालित एफ.एम. रेडियोबाट ५ जनाका दरले दैनिक पत्रिका र अनलाईनबाट ३÷३ जनाका दरले र राष्ट्रिय मिडियामा जिल्लाबाट काम गर्ने पत्रकारको गरी जम्मा ५५ जनको बिमा आईएमई जनरल इन्सोरेन्समा गरिएको छ । कोभिड १९ को पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा पत्रकारले कोरोना बिमा बापत १ लाख रुपैया पाउने छन् । उपाध्यक्ष सुसेलीले बिमाको पक्रिया पुरा गरी कागजपत्र प्राप्त गरिसकेको जानकारी दिए ।
उपाध्यक्ष सुसेलीले भन्नु भयो‘थप पत्रकारको पनि केहि दिनमा बिमा गरिने छ , जोखीम बढी रहेकाले पत्रकारको बिमा गरिएको हो ।’ उपाध्यक्ष सुसेलीले शुक्रबार औपचारीक कार्यक्रम गरेर बिमाको कागज पत्र सम्बन्धित पत्रकारलाई हस्तान्तरण गरिने जानकारी दिए । यस अघि इलाममा संचार संस्था र संचारकर्मीलाई प्रेस संगठनले स्वास्थ्य सामग्री बितरण गरेको थियो ।