इलाम । गत जेठ १३ गते आएको विनासकारी हावाहुरीले इलाम वितरण केन्द्र अन्तर्गतको विद्युत प्रसारण लाइनमा क्षति पु¥याएको छ । अधिकांश क्षेत्रहरुमा ठुलो मात्रामा विद्युतिय पोल तार तथा अन्य विद्युतिय संरचनाहरुमा क्षति पुगेको कारण नियमित रुपमा संचालनमा आउन अझै केही समय लाग्ने वितरण केन्द्रले जनाएको छ । जिल्लाका १० वटै स्थानिय तहमा गरि करिब ५ सय भन्दा बढि एल.टी लाइनका पोलहरु र ११ थान भन्दा बढि एचटी लाइनका पोलमा पुर्ण रुपमा क्षति भएको प्रमुख पंकजकुमार गोइतले जानकारी दिए ।
जिल्लालाई नियमित विद्युत आपुर्ति गर्न वितरण केन्द्र अन्तर्गतको फिक्कल सवस्टेशन र तिल्केनी सवस्टेशनमा आउने ३३ केभी लाइनको विर्तामोड स्थित अनारमनी सव स्टेशनको रुट र गोदक स्थित कावेली सवस्टेशन रुटमा रहेको छ । जसमा दमक पाडाजुङ्गी स्थित १३२ केभी सवस्टेशनबाट गोदक १३२ केभी सवस्टेशनसम्म आउने लाइनको टावरमा क्षति पुगेकाले तत्काल लाइन चालु गर्न नसकिएको लोकल सन्देशलाई गोइतले बताए ।

अनारमनी सवस्टेशनबाट फिक्कल सवस्टेशन तर्फ आउने ३३ केभी रुटमा रोङ गाउँपालिका–३ कुटिडाँडा पाथिभरा मन्दिर मुनि मेची राजमार्ग विस्तारका क्रममा अत्यन्त जोखिम बनाएको र सूर्योदय नगरपालिका–१० छिपिटारमा पहिरोले सोही रुटको पोलमा क्षति पु¥याएको छ । पोललाई स्थानान्तरण गर्न स्थानिय बासिन्दाले अवरोध पु¥याएको हुँदा अनारमनी सवस्टेशनबाट लाइन चालु गर्न नसकिएको वितरण केन्द्रले जनाएको छ ।
हाल इलाम वितरण केन्द्र अन्र्तगत सम्पुर्ण क्षेत्रमा पुर्ण रुपमा विद्युत आपुर्ति गर्न केही दिन लाग्ने भएको छ । तत्कालका लागि गोदक स्थित काबेली करिडोरको १३२ केभी प्रसारण लाइन आयोजनाको सवस्टेशनबाट निस्किएको माईजोगमाई फिडर र दानाबारी फिडरबाट बैकल्पिक उपाय अपनाइ इलाम बजार र आसपासको क्षेत्रमा आपुर्ति गरिएको लोकल सन्देशलाई गोइतले बताए । हावाहुरीका कारण वितरण लाइनमा क्षतिसँगै तिल्केनी सवस्टेशनको ३३÷११ केभी इन्कमरको सि.टि जल्दा इलाम फिडर र साखेजुङ फिडरका अधिकांश क्षेत्रमा लाइन सुचारु गर्न नसकिएको प्राधिरकरणले जनाएको छ । विराटनगरबाट प्राविधिक झिकाई मर्मत कार्य भइरहेकोले चाडै विद्युत सुचारुको प्रयास भइरहेको जनाइएको छ ।