Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘नरे दाई’ की क्यान्सर पिडित छोरीको जिवन बचाउन सहयोग जुट्दै

‘नरे दाई’ की क्यान्सर पिडित छोरीको जिवन बचाउन सहयोग जुट्दै

  • नमीन ढकाल
  • बिहिबार, जेष्ठ १५ २०७७


‘नरे दाई’ की क्यान्सर पिडित छोरीको जिवन बचाउन सहयोग जुट्दै

इलाम । एपिएफ क्लबका पुर्व खेलाडी एवम प्रशिक्षक नरकुमार राईकी क्यान्सर पिडित छोरी कसुमीको जिबन बचाउनका लागि सहयोगी हातहरु बढ्न थालेका छन् । कसुमीको जिवन बचाउन हालसम्म ७ लाख रुपैया भन्दा बढि संकलन भएको छ । सोही क्रममा किरात राई समाज सिंगापुर र इलामेली लाहुरे समाजले दोश्रो चरणमा १ लाख ७८ हजार ८६० रुपैया कसुमीको उपचारका लागि पठाएका छन् । यसअघि सिंगापुरबाट पहिलो चरणमा १ लाख ५३ हजार ५ सय रुपैया सहयोग प्राप्त भएको थियो ।
धनराज राई र प्रताप राईको पहलमा संकलन भएको रकम कुमार हाङखिमले हस्तान्तरण गरे । हस्तान्तरणका क्रममा १५ हजार ५ सय ५० रुपैया थप संकलन भएको नरकुमार राईले जानकारी दिए । त्यसैगरी मकाउ स्थित डुवान रिसोटमा कार्यरत पुर्व फिफा रेफ्री सचिन अमात्य र पुर्व महिला राष्ट्रिय फुटबलर दिपा क्षेत्रीले १ लाख ५५ हजार ५ सय रुपैया संकलन गरेर पठाएका छन् । उनीहरुले मकाउमा कार्यरत ४८ जनाबाट संकलन गरेर पठाएका हुन् । हालसम्म कसुमीको उपचारमा १४ लाख रुपैया भन्दा बढि खर्च भएको नरकुमारले बताए ।

‘नरे दाई’ की छोरी कसुमी बचाउन सिंगापुर लाहुरेको सहयोग

कसुमीको उपचार यसअघि ग्रिन नेपाल एफसी छाङ्वान कोरियाबाट ५१ हजार, मलेसियामा रहेको उत्तम राईको पहलमा ५२ हजार १ सय ४०, एपिएफ महिला टिमबाट ३२ हजार तथा एपिएफ व्याडमिन्टन परिवारबाट ८४ हजार सहयोग प्राप्त भएको छ । उपचारमा अझै रकम आवश्यक रहेकाले सहयोगी दाताहरुले रिना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भु शाखामा रहेको खाता नं ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमारले बताए । बेलायतमा रहेका इलामेली लाहुरेहरुले समेत कसुमीको जिवन बचाउनका लागि सहयोग रकम संकलन गरिरहेका छन् । उनीहरुले केही दिनपछि रकम हस्तान्तरण गर्ने जानकारी पाएको नरकुमारले बताए ।
फुटबल क्षेत्रमा ‘नरे दाई’ को नामले परिचित इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडाका नरकुमारले २०६२ साल देखी २०६८ सालसम्म एपिएफमा खेलाडी र २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार