Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

‘नरे दाई’ की छोरी कसुमी बचाउन सिंगापुर लाहुरेको सहयोग

‘नरे दाई’ की छोरी कसुमी बचाउन सिंगापुर लाहुरेको सहयोग

  • नमीन ढकाल
  • सोमबार, बैशाख २२ २०७७


‘नरे दाई’ की छोरी कसुमी बचाउन सिंगापुर लाहुरेको सहयोग

इलाम । एपिएफ महिला टिमका प्रशिक्षक एवम खेलाडी नरकुमार राईको ब्लड क्यान्सर पिडित छोरी कसुमीको जिबन बचाउन सिंगापुरमा रहेको नेपालीहरुले सहयोग रकम पठाएका छन् । किरात राई समाज सिंगापुर र इलामेली लाहुरे समाजले संकलन गरेको १ लाख ५३ हजार ५ सय रुपैया आज सातदोबाटोमा हस्तान्तरण गरिएको हो । सिंगापुरमा ६५ जना लाहुरे परिवारले संकलन गरिएको  १७२६ सिङ्गापुर डलर करिब १ लाख ४५ हजार ४ सय ८८ रुपैयामा रिटायर्ड सिंगापुर पुलिस कुमार हाङखिमले ५ हजार १२ र बिरबहादुर मगरले ३ हजार रुपैया थप गरेर हस्तान्तरण गरेका थिए । ११ बर्षिया कसुमी गत मंसिरबाट ब्लड क्यान्सरसंग लडिरहेकी छन्  । उनको हाल कान्ति वाल अस्पतालमा उपचार भइरहेको छ । फुटबल क्षेत्रमा ‘नरे दाई’ को नामले परिचित इलामको देउमाई नगरपालिका–३ शान्तिडाँडाका नरकुमारले २०६२ साल देखी २०६८ सालसम्म एपिएफमा खेलाडी र २०६४ सालबाट २०७३ सालसम्म महिला टिमलाई प्रशिक्षण गरेका थिए । त्यसपछि उनी बैदेशिक रोजगारको लागि बहराइन गएका थिए ।

कसुमीको बारेमा गत शुक्रबार थाहा खबरमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन भएपछि सहयोगका लागि बचन आइरहेको नरकुमारले बताए । ‘ बेलायतमा रहेका इलामकै लाहुरे धन राई, पुर्व राष्ट्रिय खेलाडी लोकबन्धु गुरुङ लगायतले सहयोग रकम संकलन गरिरहेको जानकारी दिनुभएको छ । एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्वाङले सहयोगका लागि पहल गरिदिने भन्नुभएको छ ’ उनले भने । हाल महिला फुटबलमा बलियो स्थितिमा रहेको एपीएफ महिला टिमको निमार्णकर्ता नै नर कुमार हुन् । राष्ट्रिय टिमकी गोलरक्षक समेत रहेकी इलामकै एन्जिला तुम्वापो सुब्बा सहित सावित्रा भण्डारी (साम्बा), अनिता बस्नेत, अनिता केसी, मनमाया लिम्बु, गिता राना, सरु लिम्बु जस्ता खेलाडीहरु उनको उत्पादन हुन् ।

हालसम्म कसुमीको उपचारमा १४ लाख रुपैया भन्दा बढि खर्च भएको नरकुमारले बताए । कसुमीको उपचार यसअघि ग्रिन नेपाल एफसी छाङ्वान कोरियाबाट ५१ हजार, मलेसियामा रहेको उत्तम राईको पहलमा ५२ हजार १ सय ४०, एपिएफ महिला टिमबाट ३२ हजार तथा एपिएफ व्याडमिन्टन परिवारबाट ८४ हजार सहयोग प्राप्त भएको छ । उपचारमा अझै रकम आवश्यक रहेकाले सहयोगी दाताहरुले रिना राईको नाममा सिद्धार्थ बैंक स्वयम्भु शाखामा रहेको खाता नं ०१९१५२६९१४६ मा रकम जम्मा गर्न सक्ने नरकुमारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार