नयाँबजार । माईजोगमाई गाउँपालिकाले गत बैशाख ३० गते वडा नं ३ को शुक्रबारे बजारमा भएको आगलागि पिडित परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । गाउँपालिकाले पिडित बनेका छत्रकुमारी दर्जी र रुकमीणा प्रधानलाई राहत वापतको चेक हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले दर्जीलाई ५० हजार र प्रधानलाई ३० हजारको चेक प्रदान गरे । गाउँपालिकाको ८४ औ कार्यपालिका बैठकले आगालागिबाट पिडित २ घरलाई जनही ५० हजार तथा एक घरलाई ३० हजार बराबरको राहत दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भाग्वत प्रसाद रेग्मीले जानकारी दिए । माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा भएको आगलागिबाट करिव ७० लाख बराबरको क्षति भएको थियो । आगलागिबाट ३ घर पुर्ण रुपमा जलेका थिए ।
