फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम–४ फुएतप्पा लिम्बुगाउँमा रहेको नाम्बेकु यक देवस्थल संरक्षणमा स्थानिय सक्रिय रुपमा जुटेका छन् । फाकफोकथुमको पर्यटकिय गन्तव्यको रुपमा रहेको नाम्बेक देवस्थल जिर्ण बन्दै गएपछि छत्र सुब्बाको नेतृत्वमा ७ सदस्यीय संरक्षण समिति बनेको हो । समितिको सचिबमा जगत जबेगु,कोषाध्यक्ष सुनिता नेम्बाङ्ग,सदस्यहरू खगेन्द्र योङ्गहाङ्, प्रेम सागर रेग्मी, बिर्ख जबेगु, जुनु बराइली रहेका छन् । त्यसैगरी समितिको सल्लाहकारहरुमा प्रहार सिं लिम्बु, दिपक योङ्गहाङ्, लिला बहादुर जबेगु,याम योङ्गहाङ्, अम्बर योङ्गहाङ्लाई चयन गरिएको छ ।