माई । कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन पछि बिपन्न वडाबासीलाई खाध्यन्न समस्या भएको भन्दै नेकपा वडा नम्बर–६ माई नगरपालिका, वडाका सबै जनप्रतिनिधिहरु र माई–४ को लालिगुराँस सामुदायिक बन समुहले खाध्यान्न र राहात सामाग्री शुक्रबार प्रदान गरेका छन ।,नेकपा वडा कमिटी पदाधिकारी तथा सदस्यहरु र वडा नम्बर–६ का निर्बाचित जनप्रतिनिधिहरुले आर्थिक संकलन गरी खाध्यान्न लगायतका सामाग्री प्रदान गरिएको वडाध्यक्ष मुखराज आङदम्बेले जानकारी दिए ।
माई नगरपालिकाको एकद्धार प्रणली मार्फत नगर प्रमुख दिपक कुमार थेबे र वडाध्यक्ष मुखराज आङदम्बलाई नेकपा वडा कमिटीका अध्यक्ष जीतबहादुर बुढाथोकी, सदस्य धनबहादुर आङदम्बे, चक्र बहादुर बुढाथोकी, खड्ग कडेल, मोहन देवान, नगर कमिटी सचिव हेम बहादुर लायो मगर लगायतले राहात सामाग्री प्रदान गरेका हुन् । नेकपा वडा कमिटीले २२ हजार २५ रुपैया मुल्य बराबरको सुर्यमुखि तेल ७ कार्टन, मुसुरो दाल ५० केजी, आयो नुन १ सय केजी र हात धुने साबुन ५० बटा प्रदान गरेको छ ।
त्यस्तै माई वडा नम्बर–६ का जनप्रतिनिधिहरुले समेत एकद्धार प्रणाली मार्फत खाध्यान्न सहयोग प्रदान गरेकाछन । वडाध्यक्ष आङ्गदम्बेले नगर प्रमुख थेबेलाई जनप्रतिनिधिहरुले संकलन गरेको २० हजार ७५ रुपैया मुल्य बराबरको दाल १ सय ३३ केजी र खाने तेल २ कार्टन प्रदान गरेका हुन । त्यसै गरी माई नगरपालिका वडा नम्बर–४ को लालिगुराँस सामुदायिक बन समुहले पनि एकद्धार प्रणाली मार्फत नगरलाई ४० हजार मुल्य बराबरको खाध्यान्न प्रदान गरेको छ । समुहका अध्यक्ष टेक बहादुर लुङ्गेलीले नगर प्रमुख थेबेलाई खाध्यान्न प्रदान गरेका हुन्। नगरलाई प्राप्त खाध्यान्न सोही सामुदायिक बन क्षेत्र भित्रका बिपन्न र अपाङ्गता भएका १९ परिवारलाई प्रदान गरिएको छ ।
बन समुहले एक जनाको परिबारलाई क परिवार, तीन जना सम्मको परिबारलाई ख परिवार र चार जना भन्दा बढी सदस्य भएको परिबारलाई ग समुह बनाएर राहात बितरण गरिएकको थियो । क समुले २० केजी चामल, १ लिटर तेल, १ केजी नुन, ३ वटा कपडा धुने साबुन र १ वटा हात धुने साबुन प्रदान गरिएको बन समुहका सल्लाहकार संयोजक शिबलाल आचार्यले जानकारी दिए । त्यस्तै ख बर्गले २५ केजी चामल सहित अन्य थप सामाग्री र ग बर्गले ३० केजी चामल सहित अन्य थप सामाग्री पाएका छन । राहात सामाग्रीलाई बन समुहको कार्यालय परिसरमा बितरण गरिएको सहसचिब देबि प्रसाद ढकालले जानकारी दिए ।