Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सूर्योदय नगरपालिकामा रमिते खेल मैदान निर्माण शुरु

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सूर्योदय नगरपालिकामा रमिते खेल मैदान निर्माण शुरु

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख २८ २०७७


प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सूर्योदय नगरपालिकामा रमिते खेल मैदान निर्माण शुरु

इलाम । इलामको सूर्योदयन गरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सूर्योदय नगरपालिका वडा नं २ रमितेमा खेल मैदान निर्माण शुरु गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ लाख १४ हजार रुपैयाँको लागतमा निर्माण हुने उक्त खेल मैदान निर्माण कार्यको सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले एक कार्यक्रम बिच सुरुवात गरेका छन् ।
उक्त खेल मैदान निर्माणमा रोजगार गर्नका लागि बेरोजगार सूचीमा सुचिकृत भएका ब्यक्ति हुनु पर्ने , राहत प्राप्त गर्न मापदण्ड पुगी वडा कार्यलयबाट सिफारिस भएका व्यक्ति हुनुपर्ने, न्युनतम सामाजिक दुरी कायम गरि काम गर्नुपर्ने
,न्युनतम स्वास्थ्य सावधानी अपनाउनु पर्ने र न्युनतम ४५ जनाले ४० दिन रोजगार प्राप्त गर्नेछन् । यसरी रोजगारी गर्नेले दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ प्राप्त गर्ने नगरपालिकाका प्रमुख रणबहादूर राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार