Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा सचिवालय बैठकको निर्णय कुर्दै बालुवाटार अगाडि भुइमा पत्रकार

नेकपा सचिवालय बैठकको निर्णय कुर्दै बालुवाटार अगाडि भुइमा पत्रकार

  • सुजन तिमल्सिना
  • बुधबार, बैशाख १७ २०७७


नेकपा सचिवालय बैठकको निर्णय कुर्दै बालुवाटार अगाडि भुइमा पत्रकार

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक अहिले वालुवाटारमा बसिरहेको छ । उत्कर्षमा पुगेको विवाद हल गर्न भन्दै बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको बैठकको निर्णय कुरेर पत्रकारपनि बालुवाटार बाहिर भुइमै बसिररहेका छन् । दुई विवादास्पद अध्यादेश प्रकरणबाट जटिल र तनावपूर्ण बनेको बेला बैठक बसेकोले संचार संस्थाहरुले पनि यो बैठकलाई चासोपूर्वक हेरेका छन् ।

पार्टी निर्णयविपरीत सरकार चलाएको, सरकारकै कारण पार्टी बदनाम भएको निष्कर्षसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतको समूह प्रधानमन्त्री ओलीले निकास दिनुपर्ने अडानमा रहेका थिए । नेकपाको ववाद उत्कर्षमा पुगेका बेला पत्रकारहरु पनि निर्णय कुरेर बसेका हुन् ।

पत्रकारहरु चिसो भुइमा बसेको देखेर नेकपा नेता कृष्ण गोपाल श्रेष्ठले फेसबुकमा लेखेका छन्, क्षमाप्रार्थी छुं , पत्रकार महोदय, ढिलै भएपनि राम्रो समाचर पाउनु हुने छ ।
तस्बिर : कृष्ण गोपाल श्रेष्ठको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार