Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कनकाईका ५ युवाद्धारा घरघरमा सेवा

कनकाईका ५ युवाद्धारा घरघरमा सेवा

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १६ २०७७


कनकाईका ५ युवाद्धारा घरघरमा सेवा

सुरुङ्गा । कनकाई नगरपालिका३ का ५ युवाद्धारा कनकाईका ९ वटै वार्डमा अत्यावश्कीय सामानहरुको घरदैलो सेवा सुरु गरेका छन । विश्वमा कोरोना भाइरसका कारण मानिसहरुले अत्यावश्कीय सेवाका लागि समस्या परिरहेको वेला गोविन्द सुवेदी, लीलाराज झापाली, नविन सिटौला, उत्सव वास्तोला र दुलाल बर्माद्धारा कनकाईका ९ वटै वार्डमा ताजा तरकारी, फलफुल, खाद्यान्न, किराना, औषधि समेतको सेवाको घरदैलो सेवा सुरु गरेका हुन ।
लकडाउनका वेला घरभित्रै वस्न र महगो र कालो बजारीका कारण सर्वसाधरण आर्जित भएको वेला सबैलाई सेवा दिन आफुहरुले सुलभ दरमै अत्यावश्यीय सामाग्रीहरुको घरदैलो सेवा सुरु गरिएको एटु जेट सेवा कनकाईका संयोजक गोविन्द सुवेदीले बताए । आफुहरुले कनकाई नगरपालिकासगको समन्वयमा सम्पुर्ण अत्यावश्यकीय सामाग्रीहरु चिनी प्रतिकिलो ८५ रुपैँया र नुन प्रतिकिलो २० रुपैँयाका दरले र औषधिसमेत खाली खोलको आधारमा उपलब्ध गराइदै आएको अभियानका संहसंयोजक झापालीले बताए ।
औषधिजन्य सामाग्रीको सुरुङ्गा मेडिकल सेन्टरको सहकार्य तथा खाद्यान्न मिनाल तिम्सिनाको संयोजनमा सुलभ दरमा वितरण गरिएको अभियानका सदस्य सिटौलाले बताए । लकडाउनकै दिनदेखि सुरु गरिएको यस अभियानबाट हालसम्म १ हजार परिवारले घरदैलोबाट सेवा लिइसकेको सामान खरिद विक्रीका लागि सुरक्षाको सवै उपाय अपनाइएको किनमेलका लागि निश्चित दुरी कायम तथा मास्क , सेनिटाइजरको प्रयोगपछि मात्रै सामान खरिदविक्री गरिने गरिएको अभियानका सदस्य बाँस्तोलाले बताए । सबै तरकारीहरु कनकाई नगरपालिकामा उत्पादन गरिएको मात्रै विक्री वितरण गरिने गरिएको तथा ५ सय भन्दा वढीको सामाग्रीहरु कनकाई नगरपालिकाभर अर्डर गरेमा घरदैलोमै सामाग्रीहरु पुर्याइदिने गरिएको अभियानका सदस्य बर्माले बताए ।
समितिका सदस्य सुवेदी बजार व्यावस्थापन समितिका सहसचिव तथा अन्य विभिन्न सामाजिक तथा युवा क्लवमा आवद्ध रहेका छन् । झापाली कनकाई क्षेत्रमा रहेर पत्रकारिता गरिहेका छन् । सिटौला र वास्तोला दुबै विद्यार्थी नेता हुन् । बर्मा सुरुङ्गाका युवा व्यावसायी हुन्। घरदैलो सेवा सुरु भएपछि कृषकको उत्पादनले बजार पाएको तथा कोरोना त्रासदीमा रहेका कनकाई नगरवाशीहरुले समेत सुविधा पाएको स्थानीयवाशीले खुसी व्यक्त गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार