रोङ । कोरोनाका कारण लकडाउनमा बस्नेको संख्या बृद्धि भएसँगै रोङ गाउँपालिकामा क्वारेन्टाइन निर्माणमा तिव्रता दिइएको छ । शान्ति निकेतन माविमा निर्माण गरिएको क्वारेन्टाइनमा खानेपानी, शौचालय, कोठा लगायतको व्यवस्थापनलाई तिव्र रुपमा अगाडी बढाइएको वडा नं ३ का अध्यक्ष मातृका बरालले जानकारी दिए । विद्यालयमा १२ वटा शौचालय भएपनि क्वारेन्टाइनमा बस्नेको संख्या बढ्ने भएपछि थप १२ वटा अस्थायी शौचालय बनाइएको छ ।

हाल सो क्वारेन्टाइनमा १७ जना मानिसहरु राखिएका छन् । आगामी दिनमा थप ७० जना राख्न मिल्ने गरी व्यवस्थापन गरिएको बरालले जानकारी दिए । क्वारेन्टाइनको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । युवा शसक्तिकरण समुह र द राइजिङ ग्रुप कुटिडाँडाले स्वयमसेवकको रुपमा काम गरिहेको छ ।