Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम र पाँचथरको सीमा क्षेत्र गोरुवालेभन्ज्याङ्गमा नागरिकको स्वास्थ्य परिक्षण

इलाम र पाँचथरको सीमा क्षेत्र गोरुवालेभन्ज्याङ्गमा नागरिकको स्वास्थ्य परिक्षण

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख १४ २०७७


इलाम र पाँचथरको सीमा क्षेत्र  गोरुवालेभन्ज्याङ्गमा नागरिकको स्वास्थ्य परिक्षण

माईमझुवा । इलाम र पाँचथरको सीमा क्षेत्र रहेको गोरुवालेभञ्ज्याङ्ग क्षेत्रका नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । २९ सय मीटर उचाइमा रहेको पाँचथर जिल्ला फालेलुङ गाँउपालिका ६ र सन्दकपुर गाँउपालिका इलामको २ को सिमामा रहेको गोरुवालेभन्ज्याङ्गमा स्वास्थ्य परिक्षण गरिएको हो ।
पाँचथरको फालेलुङ्ग गाउँपालिकाको स्वास्थ्य शाखाले सिमा अनुगमन र त्यस क्षेत्रमा बसोवास गर्ने नागरिकहरुको स्वास्थ्य परीक्षण र औषधि वितरण सम्पन्न गरेको हो । स्वास्थ्यकर्मीहरुका टोलीले गोरुवालेभञ्ज्याङ्गमा ३२ जनाको स्वास्थ्य जाँच गरेको थियो ।
गोरुवाले भञ्ज्याङ्गमा सिदिन प्रहरी चौकी इञ्चाज कृष्ण बहादुर श्रेष्ठ, प्रहरी हवल्दार जय  मण्डल, प्रहरी जवान दुर्योधन श्रेष्ठ, आधारभूत स्वास्थ्य सेवा केन्द्र फालेलुङ ६ को शिव प्रकाश शर्मा, दीप ज्योति युवा क्लवको निर्देशक, सुनिल बान्तवा लगायतको उपस्थिति थियो । गोरुवालेभन्ज्याङ्ग भारतको पश्चिम बंगालसँग सीमा जोडिएको हुनाले उच्च सतर्कता अपनाउन पनि स्थानीयबासीलाई आग्रह गरिएको छ । परिक्षणमा सबैको स्वास्थ्य राम्रो रहेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार