Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ल्युकेमिया लागेका सोमनाथको उपचारका लागि सहयोगको याचना

ल्युकेमिया लागेका सोमनाथको उपचारका लागि सहयोगको याचना

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख ९ २०७७


ल्युकेमिया लागेका सोमनाथको उपचारका लागि सहयोगको याचना

इलाम । ब्लड क्यान्सर (ल्युकेमिया) बाट पीडित इलाम नगरपालिका वडा नं. ५ बरबोटेका १९ वर्षीय सोमनाथ ढकालका परिवारले उपचारका लागि सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था कमजोर भएका ढकाल परिवारले उपचारमा समस्या भएको भन्दै सहयोगको याचना गरेका हुन् । १७ दिनदेखि सोमनाथको काठमाण्डौं महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको उनका बाबु गोपाल ढकालले बताए । टाउको दुख्ने समस्याका कारण उपचारका लागि बिएन्डसी हस्पिटल लगिएको उनलाई क्यान्सरको आशंकामा टिचिङ हस्पिटल महाराजगञ्ज रेफर गरिएको थियो । टिचिङमा परीक्षण गर्दा ब्लड क्यान्सर (ल्यूकेमिया) भएको देखिएकाले अहिले सोही अस्पतालमा उपचार भइरहेको छ ।
विएण्डसी अस्पतालमा ४२ हजार पाँच सय बुझाउने पैसा नहुँदा फुपुको गहना धरौटी राखेर अस्पतालबाट निकालेर काठमाण्डौ लगेको सोमनाथका काका राजन ढकालले बताए । ‘ऋण काढेर साढे चार लाख रुपैयाँ पठाएका छौं’ राजनले भने, ‘अहिले सबैबाट सहयोग संकलन गर्न थालेका छौं ।’ उपचारमा २० लाखभन्दा बढी रकम लाग्ने अस्पतालले बताएका सोमनाथका बुबा गोपालले बताए । ‘मेरो छोरालाई बचाउन सबैसँग सहयोगको अपिल गर्दछु’ उनले भने, ‘अब केही गरिदेला भन्ने बेलैमा छोरा विरामी भएका छन, उपचारका लागि पैसा छैन, सबैले सहयोग गरिदिए छोरो बाँच्ने थियो ।’
सोमनाथको उपचार सहयोगार्थ स्थानीय युवाहरुले सोमनाथ ढकाल बचाऊ अभियान सञ्चालन गरेर चन्दासमेत उठाइरहेका छन् । सहयोग संकलनका लागि प्राइम कर्मसियल बैंक लिमिटेडमा बैंक खाता पनि खोलेका छन् । बैंकको १०१००११९ सीएमा सहयोग उपलब्ध गराउन पनि अनुरोध गरिएको अभियन्ता युवा दिपक ढुङ्गानाले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार