माई । माई नगरपालिकाले १ हजार ९ सय ४१ बिपन्न तथा मजदुर परिवारलाई खाध्यान्न राहत वितरण गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय अन्र्तगत राहात सम्बन्धि मापदण्ड २०७६ को अधिनमा रही नगर भित्रका बिपन्न, अपाङ्गता भएका तथा असंगठित मजदुरहरुलाई पहिलो चरणको राहत बितरण गरिएको नगर प्रमुख दिपक कुमार थेबेले जानकारी दिए । पहिलो चरणको राहात प्याकेजलाई वडा वडा मार्फत नगरको प्रकोप ब्यबस्थापन कोषबाट १८ लाख १० हजार खर्च गरिएको शाखा अधिकृत लक्ष्मण भुर्तेलले जानकारी दिए ।
माई नगरपालिकामा सरदर प्रति परिबार १० केजी देखि २५ केजी सम्म चामल, २ केजी दाल, १ लिटर तेल, १ केजी नुन र २ वटा साबुन प्रदान गरिएको वडा नम्बर २ का वडाध्यक्ष खम्बसिंह लिम्बुले बताए ।
कुन वडामा कतिलाई राहत
नगर भित्र अहिले सम्म वडा नम्बर–१ मा १ सय २० परिवार, वडा नम्बर–२ मा ३ सय ६५ परिवार, वडा नम्बर–३ मा १ सय ९ परिवार, वडा नम्बर–४ मा २ सय २५ परिवार, वडा नम्बर–५ मा १ सय २५ परिवारले राहत पाएका छन । त्यस्तै वडा नम्बर–६ मा २ सय परिवार, वडा नम्बर–७ मा १ सय ५० परिवार, वडा नम्बर–८ मा २ सय ७६ परिवार, वडा नम्बर–९ मा ३ सय १८ परिवार र वडा नम्बर–१० मा ५३ परिवारले राहत पाएको स्वास्थ्य संयोजक पुष्कर कट्टेलले जानकारी दिए ।
यसै बिच माई नगरपालिकामा कोरियामा रहेका माईबासी युवाहरु, साना किसान महिला कृर्षि सहकारी संस्था माई–४, सहारा नेपाल साकोस दानाबारी सेवा केन्द्र, नेपाल राष्ट्रिय शिक्षक संगठन माई र माईका नीजि बिद्यालयहरुबाट एकद्धार प्रणाली मार्फत प्राप्त खाध्यान्न र नगद सहयोग दोस्रो चरणमा बितरण गरिने उपप्रमुख बिष्णुमाया आचार्यले जानकारी दिइन् । अहिले करिब ५० क्वीटल चामल, १ सय २५ केजी दाल र १० कार्टन खानेतेल नगरपालिकामा जम्मा भएको छ ।