इलाम । कोरोना सम्वन्धी फेसबुकमा भाम्रक अफवाह फैलाएको अभियोग प्रहरीले इलामबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–७ बस्ने २४ बर्षिय सन्दिप योङहाङ रहेका छन् । शुक्रबार साँझ आफनो फेसबुक बालमा इलामको बिब्ल्याटेमा एक जनामा कोरोना संक्रमण भेटियो भनी फेसबुक मार्फत भ्रामक अफवाह फैलाएको अभियोगमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलामका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।