नयाँबजार । कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने समस्यालाई मध्यनजर गर्दै माईजोगमाई गाउँपालिकाले स्थापना गरेको बिपद ब्यवस्थापन कोषमा आज ७५ हजार रुपैया नगद जम्मा गरिएको छ । नामसालिङ विकास संस्था (एनसीडीसी) ले कोषमा ५० हजार र साहारा नेपाल बहुद्धेश्य सहकारीले २५ हजार रुपैया जम्मा गरेको हो ।
दुवै संस्थाका प्रतिनिधीहरुले गाउँपालिका अध्यक्ष जितबहादुर राईलाई चेक हस्तान्तरण गरे । त्यसैगरी सिभिल बैंक नयाँ बजार शाखाले पनि ८ सय थान सर्जिकल मास्क, एक कार्टुन साबुन र सेनिटाइजर प्रदान गरेको थियो । सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाले अध्यक्ष राईले विपन्न र मजदुरहरुलाई राहत वितरणका लागि सहयोग रकम खर्च गरिने बताए ।