फिक्कल । सूर्योदय नगरपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग जुटने क्रम बढेको छ । कोरोनाको जोखिम विरुद्ध लड्नका लागि स्थापना गरिएको कोषमा मंगलबार मात्रै ७५ हजार सहयोग जुटेको छ । सूर्योदय नगरपालिका–११ माघे निवासी युवा व्यवसायी अजित राईले २५ हजार र साहारा नेपाल बहुद्धेश्य सहकारी फिक्कल शाखाले ५० हजार रुपैया सहयोग गरेको हो । नगर प्रमुख रणबहादुर राईले ७५ हजार बराबरको चेक ग्रहण गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सिङगो मानव जातिको अस्तित्वलाई नै चुनौति दिईरहेको अवस्थामा यसको नियन्त्रण,रोकथामका लागि सहयोग गरेकोमा नगर प्रमुख राईले धन्यवाद ज्ञापन गरे । सोमबार सूर्योदय नगर उद्योग वाणिज्य संघले २५ हजार नगद र १० वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) नगरपालिकालाई प्रदान गरेको थियो ।