Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्धारा राहत वितरण

७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्धारा राहत वितरण

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख २ २०७७


७६ घरपरिवारलाई इलामेली समाज दक्षिण कोरियाद्धारा राहत वितरण

इलाम । लकडाउनका कारण रोजगारी गुमाएका विपन्न एवं गरीब परिवारलाई इलाममा सोमबार राहत वितरण गरिएको छ ।इलामेली समाज दक्षिण कोरियाको आर्थिक सहयोगमा इलाम नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकलाई १९ सय केजी चामल सहित दैनिक उपभोग्य बस्तु वितरण गरिएको हो । ७६ घरपरिवारलाई प्रति परिवार जिरा मंसुली चामल २५ केजी, नुन १ केजी र १ लिटर खाने तेल उपलब्ध गराएको इलामेली समाज दक्षिण कोरियाका प्रथम अध्यक्ष हरि खनालले बताए ।
यस भन्दा पहिले राहात नपाएकाहरुलाई जिल्ला प्रशासन,नगरपालिका,स्थानिय जनप्रतिनिधिहरु लगायतको समन्वयमा राहात वितरण गरिएको खनालको भनाई छ । राहात वितरणमा समाजसेवी सुरेन्द्र राई,दिनेश काफ्ले,राजेन्द्र बराल,संदिपा खनाल,लिला खतिवडा,कमला बराल,मेनुका पराजुली लगायतले सहजिकरण गरेका थिए । इलाम नगरपालिकाका ४ वटा वडाका विपन्न नागरिकहरुलाई करिब १ लाख २० हजार रुपैंया बराबरको राहात बाँडिएको र आगामी दिनमा सुर्योदय नगरपालिकामा वितरण गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष केदार निरौलाले बताए ।
कोरोनाको संक्रमण संगै सरकारले नेपाललाई लकडाउन गरेपछि कोरियामा रहेका समाजका सचिव उपेन्द्र निरौला, कुवेर न्यौपाने लगायतको सक्रियतामा आर्थिक संकलन गरिएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा स्थापना भएको इलामेली समाजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।समाजले देशका विभिन्न क्षेत्रमा भएका बाढी पहिरो,आगलागी,भकम्प लगायतका प्राकृतिक प्रकोप र गम्भीर प्रकृतिका रोगीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार