Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लकडाउन कडाइपूर्वक पालना गरौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

लकडाउन कडाइपूर्वक पालना गरौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

  • सन्देश सम्बाददाता
  • सोमबार, बैशाख १ २०७७


लकडाउन कडाइपूर्वक पालना गरौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

इलाम । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका बिरुद्ध सरकारले घोषणा गरेको लकडाउन कडाईपूर्वक पालन गर्नुपर्ने बताएका छन् । नयाँवर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक शुभकामना वक्तव्य दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
नयाँ वर्षको पहिलो दिन बैशान एक गते जारि गरिएको प्रेश बक्तव्यमा नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गरिएको छ ।


नयाँ वर्षले सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरस विरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्रा्ष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रचण्डले प्रकट गरेका छन् ।
प्रचण्डले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न विशेष अपील गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार