Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नयाँ बर्षको पुर्व सन्ध्यामा लकडाउन पालना गर्न इलाम नगरको आग्रह

नयाँ बर्षको पुर्व सन्ध्यामा लकडाउन पालना गर्न इलाम नगरको आग्रह

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र ३० २०७६


नयाँ बर्षको पुर्व सन्ध्यामा लकडाउन पालना गर्न इलाम नगरको आग्रह

इलाम । कोरानो कोभिड–१९ को महामारीबाट विश्वमा २० औ लाख संक्रमित र १ लाख बढिको ज्यान गुमेको उल्लेख गर्दै इलाम नगरपालिकाले लकडाउन पालना गर्न आग्रह गरेको छ । नयाँ बर्षको पुर्व सन्ध्यामा नगरले कोरोनाले आर्थिक, सामाजिक, भौतिक, मानसिक क्षेत्रमा नकारात्मक असर पारिरहे पनि यसको विकल्प नभएकाले लकडाउन नै अन्तिम विकल्प भएको बताएको छ । नगर प्रमुख महेश बस्नेतले प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको जोखिमलाई कम गर्न अनवरत रुपमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य संस्थाका व्यवस्थापक र सहयोगकी कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले संघिय र प्रदेश सरकार राजनैतिक दल, विभिन्न संघ संस्था संचारकर्मी तथा सञ्चार संस्था र सहयोगी व्यक्तिहरुले राष्ट्रिय विपतिमा ऐक्युवद्धता र सहयोगमा आभार प्रकट गरेका छन् । कृषिमा आधारित जीवन प्रणालीलाई उन्नत बनाएर संकुचित अर्थतन्त्रलाई गति दिन र स्वाधीन अर्थतन्त्रको जग बसाउनका लागि नयाँ बर्ष २०७७ सालले सफलता दिलाउने विश्वास लिएको बस्नेतको जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार