Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

देउमाईमा २६८ परिवारलाई राहत वितरण

देउमाईमा २६८ परिवारलाई राहत वितरण

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र ३० २०७६


देउमाईमा २६८ परिवारलाई राहत वितरण

देउमाई । देउमाई नगरपालिकाले कोरोना भाइरस (कोभिड- १९ ) को रोक थाम तथा नियन्त्रण का लागि गरिएको लक डाउनका कारण समस्यामा रहेका २६८ विपन्न परिवार तथा असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई रहत वितरण गरेको छ । नगरले वडा न १ मा ३३ परिवार,वडा न २ मा २५ परिवार ,वडा ३ मा ३७ परिवार ,वडा ४ मा ३६ परिवार,वडा ५ मा २७ परिवार ,वडा ६ मा १६ परिवार रहेका छन् ।
त्यसैगरी वडा ७ मा ३४ परिवार ,वडा ८ मा २८ परिवार र वडा ९ मा ३२ परिवारलाई राहत वितरण गरेको जनाएको छ । नगर कार्यपालिकाको बैठकले राहत वितरणका लागि तयार पारेको कार्यविधि अनुरूप वडा कार्य समिति मार्फत नामावली संकलन गरी राहत वितरण गरेको हो। राहत लिने परिवारहरुमा मानसिक दबाब पर्ने भन्दै राहत वितरण गर्दै गरेको फोटो नराख्ने नगरपालिकाले निर्णय गरेको सुचना अधिकारी गाेविन्दराज बाँस्ताेलाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार