माई । इलामको माई नगरपालिकालाई सहारा नेपाल सकोस दानाबारी सेवा केन्द्र माई नगरपालिकाले दश क्वीटल खाध्यान्न सहयोग गरेको छ । साहारा माई नगरपालिका वडा नम्बर–२ का वडाध्यक्ष खम्बसिंह लिम्बु र कार्यपालिका सदस्य राजेन्द्र कुमार धमलालाई संयुक्त रुपमा दश क्वीटल चामल प्रदान गरेको हो । नगरपालिकाका मेयर दिपक कुमार थेबेको हस्ताक्षरमा हिजो मात्र जिन्सी तथा नगद सहयोग गर्न चाहाने इच्छुक ब्याक्ति, संघ–संस्था, उद्योगी, ब्यापारी एवम् सरोकारवाललाई एकद्धार प्रणाली मार्फत राहात प्रदान गर्न अनुरोध गरेपछी साहाराले पहिलो जिन्सी सहयोग रहेको बताईएको छ ।

बिश्वब्यापी महममारीका रुपमा फैलिएको कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि लकडाउन भएपछी आफ्ना सदस्य तथा बिपन्न नगरबासीलाई खाध्यन्न समस्या भएको भन्दै केही राहात प्रदान गर्न खाध्यान्न सहयोग गरिएको सहारा नेपाल दानाबारी सेवा केन्द्रका प्रमुख त्रिलोचन तिम्सीनाले जानकारी दिए । यस अघि एकद्धार प्रणाली मार्फत माईका संस्थागत बिद्यालयहरुले नगद ६३ हजार नगरको बिपत राहात कोष रहेको खाता सानिमा बैक माई शाखामा जम्मा गरेको बताईएको छ ।