माई : माई नगरपालिका भरीका संस्थागत विद्यालयहरुको समितिले नगरको विपद व्यवस्थापन कोषमा ६३ हजार रुपैया सहयोग गरेको छ । बुधवार समितिका अध्यक्ष तोयानाथ घिमिरको अध्यक्षतामा बसेको बैठकबाट नगरका ११ वटा विद्यालयले सहयोग रकम संकलन गरेर नगरको कोषमा जम्मा गरेका हुन् । जसमा इलाम न्युलाइट मावि ७ हजार, नेपाल एकाडेमी ७ हजार, साइनिङ स्टार मावि ७ हजार, सोयक मोडल माविले ७ हजार सहयोग गरेका छन् ।
त्यसैगरी हिमशिखर बोडिङ ५ हजार, फ्युचर स्टेप एकाडेमी ५ हजार, माईभ्याली इङ्गलिस स्कुल ५ हजार, मेची इङ्गलिस स्कुल ५ हजार, भक्त कार्की स्मृति शिक्षा सदन ५ हजार प्रकाशमणी इङ्गलिस स्कुल ५ हजार र बालविद्या शैक्षिक गुठी ५ हजार रुपैया रहेको समितिका सदस्य अर्जुन मगरले जानकारी दिए ।

नगरद्धारा प्रकोप व्यवस्थापनमा सहयोग अपिल
कोरोना विरुद्धको महामारीसँग लड्नका लागि माई नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्न सवैसँग अपिल गरेको छ । नगरले सहयोग रकम सानिमा बैंकमा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नं ००५२०१००२०००००११ मा जम्मा गर्न अपिल गरेको हो । साथै चैत्र २३ गतेको कार्यपालिका बैठकबाट निर्णय भए अनुसार नगरपालिकाले एकद्धार प्रणाली मार्फत राहात स्वरुप जिन्सी सामाग्री सहयोगको गर्न आग्रह गरेको छ ।