सन्दकपुर । सन्दकपुर गाउँपालिकाका राजनिति दलहरु कोरोनाको जोखिम न्युनिकरणका लागि एकजुट भएका छन् । आज गाउँपालिकाको कार्यालयमा सर्वदलिय बैठकले कोरोनाको संक्रमणका लागि विभिन्न निर्णयहरु गरेका छन् । कालोबजारी नियन्त्रणका लागि सबै दलहरु एकजुट भएर बजार अनुगमन गर्ने, होम क्वारेन्टाइन प्रभावकारी बनाउन लाग्ने, राहत वितरणमा सर्वसहमतिमा कानुन अनुसार गर्ने, वडाका सवै पसलहरुमा अघिल्लो निर्णय अनुसार सहुलियतमा खाध्यान्न वितरण गर्नका लागि दलहरु एकै ठाउँमा उभिएका हुन् ।
अरु स्थानिय तहसँग समन्वय गरेर कोरोनाबाट हुने सम्भावित जोखिम कम गर्ने, स्वास्थ्यकर्मीहरुको लागि अपुग भएको व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) को व्यवस्थापन चाडै गर्ने, अन्तर स्थानिय तह आवतजावतमा कडाईका साथ पालना गर्ने लगायत रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए । गाउँपालिकाको प्राङगणमा सामाजिक दुरी कायम गरेर राजनितिक दलका प्रतिनिधीहरु कारोनाको कारण हुन सक्ने सम्भावित जोखिमको बारेमा छलफल गरेर निर्णयमा पुगेका राईले बताए ।