इलाम । इलाम नगरपालिका वडा नम्बर– ८ सिङ्फ्रिङ स्थित डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट फरार भएका भनिएका सरोज अधिकारी सिंहबाहिनी मन्दिरमा फेला परेका छन् । इलाम अस्पतालको रेफरपछि चैत्र २३ गते देखि क्वारेन्टाईनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्ग घर भएका अधिकारी सोमबार राती फरार भएका थिए । उनी आज अपराहन्न फेला परेको इलाम नगरपालिकाले जनाएको छ । भारतको सिलगुडीबाट हालै घर आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।