Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाले बनायो राहत वितरण सम्वन्धी मापदण्ड

इलाम नगरपालिकाले बनायो राहत वितरण सम्वन्धी मापदण्ड

  • सन्देश सम्वाददाता
  • सोमबार, चैत्र २४ २०७६


इलाम नगरपालिकाले बनायो राहत वितरण सम्वन्धी मापदण्ड

इलाम । लकडाउनसँगै बिपन्न तथा मजदुरहरुमा खाद्यान्न अभाव समाधानका लागि इलाम नगरपालिकाले राहत वितरण सम्वन्धी मापदण्ड बनाएको छ । चैत्र २३ गते बसेको कार्यपालिकाको बैठकले हालको स्थितिमा रोजगार अभावमा गुजारा चलाउन नसक्ने असंगठित क्षेत्रका मजदुर र विपन्नहरुको लागि ‘इलाम नगरपालिका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलव्ध गराइने राहत सम्वन्धी मापदण्ड–२०७६’ कार्यान्वयन गर्ने भएको छ पारित गरेको छ ।
मापदण्डमा उल्लेख भएका बमोजिम वडाका जनप्रतिनिधि मार्फत फारम संकलन गरि राहत वितरण गरिने नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । नगरले पसलबाट ग्राहकको घरसम्म सामान ओसारपसार गर्ने श्रमिक, पर्यटक भरिया, निर्माण सामग्री भरिया तथा सवारी साधन नचल्ने, बाटोमा आवश्यक वस्तुहरु ओसारपसार गर्ने व्यक्ति , ट्रक, ट्रिपर, भ्यानमा सामान लोड अनलोड गर्ने श्रमिक, अन्य व्यक्तिको खेतवारीमा दैनिक ज्याला लिने गरी काम गर्ने कृषि मजदुर, आप्mनो नातेदार बाहेकको व्यक्तिको परिवारमा दैनिक ज्यालादारीमा सरसफाइ, शिशु तथा ज्येष्ठ नागरिक स्याहार जस्ता सेवा गर्ने व्यक्ति, गिटी कुट्ने, बालुवा चाल्ने तथा इटा भटृामा काम गर्ने मजदुर, निर्माण कार्यमा दैनिक ज्यालादारीमा काम गर्ने डकर्मी, सिकर्मी, हेल्पर लगायतका मजदुरलाई राहत दिने छ ।
त्यस्तै नाङलो पसले, दैनिक रुपमा पत्रिका वितरक, साना फुटपाथ पसले, ठेलागाडा तथा साइकिलमा सामान बिक्री वितरण गरी गुजारा गर्ने तथा अन्य व्यक्तिको पसलमा काम गर्ने मजदुर, यातायात मजदुर, अन्य व्यक्तिको गार्मेन्ट, कार्पेट, टेलरिङ्ग, गर्लैचा, बुटृा तथा जर्ती भर्ने र कपडा पसलमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने राहत वितरण सम्वन्धी राजपत्रमा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
नगरले मापदण्डको दफा ५ बमोजिम २ जनासम्मको परिवारलाई मन्सुली चामल १० केजी, मुसुरो दाल १ केजी, रिफाइन तेल १ लिटर, आयोडिन नुन १ प्याकेट, चिनी १ केजी र साबुन २ वटा उपलब्ध गराउने भएको छ । त्यसैगरी २ जना भन्दा बढि परिवार भएकाहरुको लागि मन्सुली चामल २५ केजी, मुसुरो दाल २ केजी, रिफाइन तेल २ लिटर, आयोडिन नुन १ प्याकेट, चिनी १ केजी र २ वटा साबुन उपलब्ध गराउने छ । सोही दफा अनुसार गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति, वृद्धाश्रममा रहेका जेष्ठ नागरिक, बालगृहमा रहेका बालबालिकाको लागि विशेष सहुलियतको व्यवस्था मिलाएको छ ।
नगरले नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार लकडाउनको अवस्थामा सहायाताको नाममा चन्दा उठाएर वा आफुखुशी राहत वितरण नगर्न अनुरोध गरेको छ । नगरले कोरोना भाइरसको महामारीको संकटाको अवस्थामा कुनै समस्या परे नगरपालिकाको ५२१५९२ नम्बरको २४ घण्टे हेल्प डेक्स, जनप्रतिनिधि वा स्वास्थ्यकर्मीसँग सम्र्पक राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार