Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाले आजदेखि राहत वितरण गर्ने

विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाले आजदेखि राहत वितरण गर्ने

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २२ २०७६


विपन्न परिवारलाई चुलाचुली गाउँपालिकाले आजदेखि राहत वितरण गर्ने

चुलाचुली । कोरोना भाइरस (कोभिड-१९) का कारण बिपन्न र मजदुर परिवार समस्यामा परेपछि चुलाचुली गाउँपालिकाले आजबाट राहत वितरण थाल्ने भएको छ । गाउँपालिकाले ६ वटै वडाका २ हजार परिवारलाई राहत सामग्री वितरण गर्न लागेको गाउँपालिका अध्यक्षका निजि सचिव सञ्जय राईले जानकारी दिए । गाउँपालिका भरीका प्रत्येक वडाबाट विवरण संकलन गरी दैनिक ज्याला मजदुरी तथा विपन्न परिवारलाई अत्यावश्यक दैनिक उपभोग्य सामग्री वितरण गर्न लागिएको हो ।
त्यससँगै गाउँपालिकाले कोरोना भाइरस सम्भावित जोखम न्युनिकरणका लागी वडा नम्बर १, र २ मा १७ शैयाको क्वारेन्टाइन बनाई सुरक्षा सर्तकता बढाइएको छ । कोरोना भाईरस फैलिएका विभिन्न देशबाट गाउपालिका प्रवेश गरेका शंकास्पद व्यक्तीलाई राख्न वडा नम्बर २ को जनता माध्यमिक विद्यालयमा १० शैय्या र वडा नम्बर १ मा ७ शैय्याको क्वारेन्टाइन निमार्ण गरीएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुश्यन्त दाहालले बताए । नागरीकलाई भाईरसबाट जोगाउन गाउँ गाउँमा माईकिङ सहित सचेतना कार्यक्रम, सिमानामा कडाई सहित सुरक्षा सर्तकता बढाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार