Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशकाे सरकारलाई ध्यानार्कषण

राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशकाे सरकारलाई ध्यानार्कषण

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २१ २०७६


राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशकाे सरकारलाई ध्यानार्कषण

इलाम । सरकारले लगाएको लकडाउनका कारण पत्रकारहरु समेत समस्यामा परेका कारण राहत प्योकज ल्याउन नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले सरकारकाे ध्यानार्कषण गराएको छ । महासचिव विवेक गौतमले प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको संक्रमणको जोखिमको यो समयमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुसँगै संचारकर्मीहरु पनि फ्रन्टलाइनमा रहेर निरन्तर सक्रिय रहेकाले पत्रकारकाे लागि समेत बिशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘सुरक्षामा ध्यान दिन र कोरोनाको जोखिममा परेका संचारमाध्यम र श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराउँद छौ ।’ विगत ११ दिन देखि लागेको लकडाउनका कारण १ नम्बर प्रदेश भरीका दुई दर्जन बढि दैनिक र चार दर्जन बढि साप्ताहिक पत्रिकाको प्रिन्ट संस्करण बन्द भएका छन् । आफनो जिम्मेवारीलाई पनि पुरा गर्ने र जोखिम पनि कम गर्ने गरी पूर्वसतर्कता अपनाएर काम गर्न महासंघले सवैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार