इलाम । दुई सय वर्ष इतिहास इलाम सदरमुकामको अस्पताल खोल्सिमा दुई वर्ष अघि जो कोहि पुग्ने आँट पनि गर्दैनथे । मुख्य चौक नजिकै रहेको ट्याक्सि स्टेडमाबाट शुरु भएको खोल्सिको मुहान क्षेत्रमा रहेको मासु बजारमा मासु खरिद गर्नेहरुले खोल्सिको दुर्गधबाट बच्न नाक थुनेर पुग्नुपथ्र्यो । तर अहिले त्यहि फोहोर अस्पताल खोल्सि मोहोर बन्दैछ ।

सहिद रत्नकुमार बान्तवाको साहादतस्थलदेखि पुरानो मासुबजारसम्मको साढे सात सय मिटर खोल्लीलाई मोहोर बनाउन इलाम नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि धमाधम काम गर्दै आएको छ । खोल्सिको मुहान क्षेत्रमा रहेको पुरानो मासु बजार क्षेत्रलाई अहिले मोटरसाइकल पार्किङ क्षेत्र बनाइएको मात्रै छैन नजिकै सब्जि बजार सारिएको छ । खोल्सिको दुर्गधले यहाँ पस्न पनि गाह्रो थियो अहिले त सब्जि बजारमा आएर सागसब्जि खरिद गरियो इलाम नगरपालिका निवासी नविन घिमिरेले भने–‘गर्दा हुँदो रहेछ भन्ने उदाहरण इलाम नगरपालिकाले देखिएको छ ।’

स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरुले बजारनै जोखिममा पारिरहेको खोल्सिलाई व्यवस्थित गर्ने योजना अघि सारेका थिए । बजेटको व्यवस्थापन नभएपनि शुरुमा इलाम नगरपालिकाले पुरानो बजारमा निर्माण सिटि स्मार्ट निर्माणको शुरुवातसँगै खोल्सि सुधारको काम गरिएको थियो । इलाम नगरपालिकाले मुहान क्षेत्रमा मोटरसाइकल पार्किङ्ग, तरकारी बजार स्थापना गरेको नगरपालिकाले पुश बजार लगायतका संरचना निर्माणको काम गरिरहेको छ ।

मोटरसाइकल पार्किङको लागि नगरपालिकाले ठुलो हल सहितको भवन निर्माण गरेको छ । जसले बजार भर्न आउने उपभोक्ताको बाइक भवन भित्र राख्दा ट्राफिक व्यवस्थापनमा पनि सहज भएको हो ।

इलाम नगरपालिकाले अस्पताल खोल्सि तरकारी बजार निर्माणको योजना अघि सारेर तिब्र रुपमा काम गरिररहेको सव–इञ्जिनियर पुजन ताम्राकारले बताए । आर्थिक वर्ष २०७५÷७६ बाट शुरु भएको योजना भएको योजना चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरि काम भइरहेको छ । गत आर्थिक वर्षमा १० लाख रुपैया बजेट विनियोजन गरेर उपभोक्ताको २० प्रतिशत थप गरि खोल्सि सुधारको काम गरिरहेको थियो । सो बजेटबाट सेल्फि पुल देखिको माथिल्लो क्षेत्रमा २० मिटर लामो र १८ मिटर चौडा रहेको तीन वटा ग्याबिङ्ग वाल लगाएर फिलिङ्ग गरिएको थियो । सेल्फि पुल देखि माथिल्लो क्षेत्रमा अहिले ढल व्यवस्थापनको लागि नालि निर्माणको काम भइरहेको सव–इञ्जिनियर पुजन ताम्राकारले बताए ।

सो योजना निर्माण सम्पन्नका लागि इलाम नगरपालिकाले चालु आर्थिक वर्षको शुरुमा १० लाख र पछि ५ लाख रुपैयाँ थप गरेको थियो । अहिले थप बजेट मार्फत ५३ लाख रुपैयाँ खर्च गर्ने गरि व्यवस्थापन भएको सव–इञ्जिनियर ताम्राकारले बताए । शुरुको १० लाख र पछि थप भएको ५ लाख बजेटबाट सब्जिबजारको टहार निर्माण, बजार क्षेत्रको वरिपरि घेराबारा, नालि निर्माण, ग्याबिङ्ग र उपभोक्ता हिड्नका लागि सिढि निर्माणको काम गरिनेछ ।

सब्जि बजार संचालनमा ल्याएको इलाम नगरापालिकाले पुश बजार र फनपार्क पनि सो क्षेत्रमा निर्माण गर्दैछ । पशु बजारका लागि चालु आर्थिक वर्षमै टहारा बनाउने, कल्बट लगाउने, ग्राभेल गर्ने र सेल्फि पुल छेउमा सडक विस्तारको काम सम्पन्न पछि संचालनमा ल्याउने योजना रहेको इलाम नगरपालिका प्रमुख महेश बस्नतले बताए ।
पशु बजार संचालनका लागि २० वटा टहरा निर्माणको काम गरिनेछ । फोहोर खोल्सि व्यवस्थापन कामले स्वास्थ्यका हिसाबले पनि राम्रो काम भएको मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहोनसिंह थेवेले बताए । ‘ पहिले फोहोर फ्याक्ने क्षेत्र भएको खोल्सिको सुधारको कामले पर्यावरणिय रुपले पनि राम्रो भएको हो मोहनसिंह थेवे भने–‘पहिले खोल्सिको मासु बजार क्षेत्रमा पुग्दा दुर्गन्धले बस्नै सकिदैनथ्यो अहिले सोही क्षेत्रको सब्जि बजारबाट सब्जि खरिद गरेर खाँदै आएको छौँ ।’
सेल्फि पुल मुनि साइन्स पार्क

इलाम नगरपालिकाले अस्पताल खोल्सिको तल्लो क्षेत्रमा साइन्स पार्क बनाउने उदेश्यले संरचना निर्माण शुरु गरेको छ । सेल्फि पुल देखि सहिद रत्नकुमार वान्तवाको समाधि क्षेत्रसम्मको साढे चार रोपनी क्षेत्रफलमा साइन्स पार्क निर्माण गरिनेछ । सो क्षेत्रमा अहिले २५ लाख बजेटबाट काम भइरहेको हो । ढल व्यवस्थापनका लागि नालि निर्माण गर्दै आएको नगरपालिकाले साइन्स पार्कको डिपिआरको लागि सेवा प्रदायक संस्थालाई कामको जिम्मा दिएको छ ।
सार्वजनीक जग्गाको उपयोगबाट भौतिक संरचना निर्माण : नगर प्रमुख महेश बस्नेत

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले अस्पताल खोल्सि क्षेत्रको साढे सात सय मिटर क्षेत्र सार्वजनीक जग्गा रहेको बताए । नेपाल सरकारद्धारा नापी गर्दा सार्वजनीक भनेर छोडिएको सो जग्गाको व्यवस्थापन र भु–क्षयलाई निन्त्रण गर्दै उपयोगमा ल्याउन काम गरिएको उनले बताए । अहिलेको कानुनमा सार्वजनीक जमिनहरुको उपयोग र संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ, प्रमुख बस्नेतले भने–‘ हामीले सार्वजनीक जग्गाको बहु प्रयोजनका लागि भौतीक सरचना निर्माण गरिरहेको छौँ ।
खोल्सिको माथिल्लो क्षेत्रमा तराकारी फलफुलको बिक्रि वितरणका लागि कृषि बजारको व्यवस्थापन गरिएको प्रमुख बस्नेतले बताए । ‘सब्जि बजार मुनिको क्षेत्रमा कुखुरा, सुगुर, बाख्रा खरिद बिक्रि गर्ने पुशबजार उपयोगको काम गरिररहेको छौँ प्रमुख बस्नेतले भने–‘ पशु बजारदेखि तल्लो क्षेत्र व्यापारीक प्रयोजनमा उपयोग गरिनेछ र सेल्फि पुल मुनि साइन्स पार्क निर्माण गरिनेछ ।’ प्रमुख बस्नेतका अनुसार इलाम नगरपालिकाले आगामि आर्थिक वर्षमा साइन्स पार्क निर्माणको काम शुरु गर्नेछ । चालु आर्थिक वर्षमा आवश्यक पूर्वाधार निर्माण गरि खोल्सिलाई व्यवस्थित गर्ने र आगामि आर्थिक वर्षमा अन्य संरचना बन्नेछन्– बस्नेतले भने–‘ सार्वजनीक जग्गाको उपयोग गरि संरचना निर्माणले पर्यावरणिय र सरसफाई धेरै सुधारका काम भएका छन् । ‘यो खोल्सि अत्याधिक फोहोर, दुर्गन्धित मात्रै थिएन, सार्वजनीक रुपमा बजार क्षेत्रको फोहार फाल्ने स्थान थियो,–बस्नेतले भने–‘ खोल्सिको पानीलाई नालिबाट व्यवस्थापन गर्ने माथिबाट पदैल हिड्ने क्षेत्र बनाउने भएकाले फोहोर खोल्सि अब बहुउपयोगि बन्नेछ ।’
खोल्सि सदुपयोगबाट बजार बिस्तार : वडाध्यक्ष नरेश श्रेष्ठ

इलाम नगरपालिकाका वडाध्यक्ष नरेश श्रेष्ठले अस्पताल खोल्सिमा भु–क्षयको कम गरि बजार जोगाउन सँगै बहुउपयोगका लागि योजना कार्यान्वयनको काम भइरहेको बताए । नगरस्तरीय योजनामा समावेश गरि भौतीक संरचना निर्माण गरिरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।
‘शुरुमा सिटि स्मार्ट निर्माण गरेसँगै खोल्सि व्यवस्थापनको काम शुरु भएको हो वडाध्यक्ष श्रेष्ठले भने–‘ हामीले फोहोरको भरिएको खोल्सिलाई तरकारी बजार, पशु बजार, बालबालिलाई फन फार्क, साइन्स पार्क निर्माणको योजना अघि बढाएका छौँ ।’ तरकारी र पशु बजारको ठुलो समस्या रहेकोमा त्यसालाई व्यवस्थापन र खोल्सिको भु–क्षय रोक्न काम गरिएको श्रेष्ठले बताए । यो योजना कार्यान्वयन गरेपछि इलाम बजार क्षेत्रको जोखिम हट्नुका साथै दुर्गन्धित क्षेत्रको व्यवस्थापन हुने भएकाले सहरि सुन्दरता बढ्ेछ ।