Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

निर्वाचन क्षेत्र विकास अन्तरगत प्रदेश सासंद खिनु लङ्वा लिम्बुका १२ योजना छनौट  

निर्वाचन क्षेत्र विकास अन्तरगत प्रदेश सासंद खिनु लङ्वा लिम्बुका १२ योजना छनौट  

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र ७ २०७६


निर्वाचन क्षेत्र विकास अन्तरगत प्रदेश सासंद  खिनु लङ्वा लिम्बुका १२ योजना छनौट  

इलाम । प्रदेश सासंद खिनु लङ्वा लिम्बु निर्वाचन क्षेत्र विकास अन्तरगत १२ वटा योजना छनौट भएका छन् । इलाम क्षेत्र नम्बर एकको एकबाट प्रदेश सभामा निर्वाचित सासंद लिम्बुले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट १२ वटा योजना छनौट गरेकी हुन् ।इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर र माईजोगमाई गाउँपालिकाका विभिन्न वडा निर्वाचन क्षेत्र रहेकोमा सडकका योजना छनौट भई काम शुरु भएको हो । जस अन्तरगत इलाम नगरपालिकाको १० नम्बर वडामा रहेको प्रगति गोलाईबाट मालबाँसे हुँदै लक्ष्मीपुर जोड्ने सडक स्तरउन्नतीका लागि १४ लाख विनियोजन गरिएको छ ।

त्यस्तै सूर्योदय नगरपालिकाको फिक्कल चोकदेखि श्रीकृष्ण बुद्धटोल हुँदै हाइड्रो जाने सडकमा ३० लाख, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट चारमाईल जोड्ने सडकलाई १३ लाख, तीनखुट्टे रुङसुङ्ग चौक तीन तले झरना जोड्ने सडकमा २० लाख र मानेडाँडा तारसिंह गाउँ कात्तिके सडक स्तरउन्नतीमा १० लाख रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समिति इलामले जनाएको छ ।
निर्वाचन क्षेत्र विकाय कार्यक्रम अन्तरगत माईजोगमाई गाउँपालिकामा ८३ लाखका योजना छनौट भएका छन् । माईजोगमाई गाउँपालिकामा प्याङ इङ्ला सडक स्तरउन्नती १८ लाख, सिवाकोटी गाउँहुँदै ट्रिपल आर जोड्ने सडकलाई २० लाख,बिजे भित्ते गुरुङ्गगाउँ सडकको स्तरउन्नतीका लागि २० लाख, नामसालिङ नस्पते सडक स्तरउन्नती १० लाख र खड्का गोलाई थरिगाउँ सडक स्तरउन्नतीमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
यस्तै सन्दकपुर गाउँपालिका क्षेत्रमा ८० लाख बजेट विनियोजन गरिएकोमा इङ्ला जमुना माईमझुवा देउराली आलुबारी स्तरउन्नतीका लागि ६० लाख र बौद्धगुम्बा चिबे गोरुवाले सडक स्तरउन्नतीका लागि २० लाख बजेट विनियोजन गरिएको हो । बजेट विनियोजन भएका योजनाहरुको अहिले कार्यान्वयनको चरणमा रहेको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार