Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बलात्कारपछि हत्या गरिएकी आकृतीको हत्यारा सार्वजनिक

बलात्कारपछि हत्या गरिएकी आकृतीको हत्यारा सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ६ २०७६


बलात्कारपछि हत्या गरिएकी आकृतीको हत्यारा सार्वजनिक

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१३ की आकृति राईको हत्यारालाई पक्राउ गरिएको छ । उनको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो । गत मंगलबार कक्षा ११ को जाँच लेख्न बिद्यालय हिँडेकी आकृतीलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान दिएको इलामका प्रहरी प्रमुख हिरा बहादुर पाण्डेले जानकारी दिए । आकृतीको हत्या गरेर माटोमा गाडेको अवस्थामा बुधबार शब फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल) का पुर्ण बहादुर राईकी छोरी आकृती स्थानिय ज्योती मावि कक्षा ११ मा अध्यनरत रहेकी थिइन् । युवती मंगलबार बिहान घरबाट परिक्षा लेख्न भनी हिँडेको तर बिद्यालय नपुगेपछि खोजतलास सुरु गरिएको थियो ।


बुधबार दिउँसो अम्लीसो बारीमा शब फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घटनाको मुचुल्का उठाएर शब निकालेको थियो । शबलाई थप परिक्षणका लागि बिपि स्वास्थ्य प्रतिष्ठान धरान पठाएको थियो । प्रहरी सामु रोशनले बलत्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतीलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाइ बाध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा लगेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार