पशुपतिनगर : नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहानदेखी आवतजावत ठप्प पारेको हो । अनिश्चितकालका लागी सिमा नाका बन्द भएको जानकारी भारतिय पक्षबाट आएको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक रमेश राईले बताए । उनका अनुसार दुवै देशबाट आवतजावत हुने सवारी साधन र यात्रुमा रोक लगाइएको छ । साथै स्थानिय भने आवश्यक कामका लागि सिमा आउजाउँ गरिरहेको उनले बताए ।
कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेर मानिसको तापक्रम जाँच गरिएको छ । फागुन २२ बाट सुरु गरिएको हेल्प डेक्समा शुक्रबारसम्म ४ हजार २ सय ३६ पुरुष र ३ हजार २ सय ५६ जना महिला गरी कुल ७ हजार ४ सय ९२ जनाको तापक्रम परिक्षण गरिएको सूर्योदय नगर प्रमुख रणबहादुर राईले बताए । नाका बन्द हुँदा सवैभन्दा बढी समस्या विद्याथीहरुलाई पर्न गएको छ । नेपालबाट सीमाका धेरै विद्यार्थीहरू मिरिक, नौमाइल, चारमाइल, दार्जिलिङमा अध्ययनरत रहेका छन् । विद्यार्थीहरुको हकमा चाडै समस्या समाधान गर्नुपर्ने नगर प्रमुख राईले बताए ।
हेल्प डेस्कका लागि यहाँ ६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सूर्याेदय नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादवले हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पु¥याउन एम्बुलेन्ससमेत तयार रहेको बताए। २ वटा ‘थर्मल गन’ प्रयोग गरी यहाँ दिनहुँ करिब ६ सय जनाको तापक्रम जाँच भइरहेको छ ।