Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका प्रेम अधिकारीको शब्द र सुनिताको स्वरमा ‘यो मन’ (भिडियाे सहित)

इलामका प्रेम अधिकारीको शब्द र सुनिताको स्वरमा ‘यो मन’ (भिडियाे सहित)

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन २८ २०७६


इलामका प्रेम अधिकारीको शब्द र  सुनिताको स्वरमा ‘यो मन’ (भिडियाे सहित)

इलाम । इलामेली पत्रकार प्रेम अधिकारीको शब्द र गायीका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुन्। गायीका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताईन ।
संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वमै छायाङ्कन गरिएको छ । भिडियोमा समिर, बसन्त, सुधामा , सुस्मिता र अस्मिताले अभिनय गरेका छन । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाई भिडियोलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।
इटहरीबाट संचालित पाथीभरा रेर्कडिङ स्टुडियो तथा निषाद संगीत बिद्यालयको संचालक समेत रहेकी गायीकाले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संर्घष गरीरहेकी छन । इलामबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अधिकारीको शब्द रहेका दर्जन बढी गीत बजारमा आईसकेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार