Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

६८ करोडमा राँके गैडे सडकको साढे २६ किलोमिटर सडक निर्माणको सुभारम्भ

६८ करोडमा राँके गैडे सडकको साढे २६ किलोमिटर सडक निर्माणको सुभारम्भ

  • सुजन तिमल्सिना
  • आइतबार, फाल्गुन ११ २०७६


६८ करोडमा राँके गैडे सडकको साढे २६ किलोमिटर सडक निर्माणको सुभारम्भ

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका भएर माङ्सेबुङ्ग गाउँपालिका हुँदै झापा जोड्ने सडकको सनिवार सिलान्यास गरिएको छ । पश्चिम इलामका बासिन्दाले ५२ किलोमिटर यात्रामा तराई जोड्ने सडकको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने कामको सिल्यान्यास गरिएको हो ।
राँके गैडे सडकमा पर्ने देउराली फलाँटे गजुरमुखि इभाङ्ग सडक खण्डको साढे २६ किलोमिटर सडक कालोपत्रे गर्ने कामको प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो मौसम,भुमि कृषि तथा सहकारी मन्त्री राम बहादूर राना र प्रदेश सासंद धिरेन्द्र सर्मा रमणले संयुक्त रुपमा सिलान्यास गरेका थिए ।


६८ करोडमा निर्माण सम्पन्न हुने सडक दुई प्याकेजमा ठेक्का संझौता भई काम शुरु भएको भौतिक पूर्वाधार कार्यालय झापाका इञ्जिनियर सन्तोश अधिकारीले बताए । सडक सिलान्यसको गर्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो मौसमले जनताको जिवनस्तर उकास्नका लागि देशका तीनै ताहका सरकारहरुले द्रुत गतिमा काम गरिरहेको बताए । विकास निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको पाँच वर्षमा देशका युवाहरु बेरोजगारीका कारण विदेश जानु नपर्ने मन्त्री आङ्कोबो भनाइ छ । उनले भने–‘कोही युवा रहरले रोजगारीका लागि विदेश जानुनपर्ने अवस्था सिर्जना गर्न नेकपाको सरकारले ग्रामीण क्षेत्रमा पक्कि सडक निर्माणलाई प्राथमिकता दिएर अघि बढेको छ,अब बाध्यात्मक अवस्थामा विदेश जाने क्रम रोकिदैँ जान्छ ।


सडक निर्माणमा स्थानीय समुदाय, निर्माण व्यवसायी र सरकारको उत्तिकै महत्व रहेकाले सबै एकजुट भएर काम गर्ने मन्त्री आङ्बोले बताए । सडक निर्माणका लागि प्रदेश सरकारले भुत्तानीको काममा समस्या हुन नदिने भएकाले निर्माण व्यवसायीले राम्रो काम गरेमा पुरस्कार र बोनसको व्यवस्था गर्ने मन्त्री भनाइ रहेको छ ।
भुमि कृषि सहकारी मन्त्री राम बहादूर मगरले इलाम जिल्लाको महत्वपूर्ण सडकको रुपमा राँके गैडे सडकको रुपमा लिएकाले प्रदेश सरकारले प्राथमिकताका साथ निर्माण चरणमा लगिएको बताए । सडक निर्माण भएपछि तराईबाट सामग्री बोकेर आएको ढुवानीका गाडीहरु रित्तै फिर्ने वातावरणको अन्त्य गर्नुपर्ने भन्दै मन्त्री मगरले स्थानीय स्तरमा कृषि उपज उत्पादन गरि गाडि भरी बजारसम्म पुर्याउनुपर्ने बताए । सडक निर्माणपछि कृषि क्षेत्रको विकाससँगै स्थानीय उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने भएकाले उत्पादनमा प्राथमिकताका साथ लाग्न किसानलाई मन्त्री मगरले आग्रह गरे ।


सडक उद्घाटनमा बोल्दै प्रदेश सासंद धिरेन्द्र सर्मा रमणले चुनावका क्रममा गरिएका प्रतिवद्धताहरु प्राथमिकताका साथ काम कार्यान्वयन चरणमा प्रवेश गरेको बताए । सडक निर्माण, विद्युतिकरण, खानेपानी र सडकका कामहरु तिब्र रुपमा अघि बढाएकाले अब शिक्षा क्षेत्रको विकासका लागि काम गर्न प्रदेश सरकार अघि बढेको सासंद सर्माको भनाइ थियो । सडक निर्माणपछि स्थानीय कृषि उपजले तराईको बजारसम्म सहजै निर्यातमा सहज हुने भएकाले कृषि उत्पादनमा लाग्न किसानलाई सासंद सर्माले आग्रह गरे ।
भैतिक पुर्वाधार मन्त्रालयका सचिव राजेश प्रसाद घिमिरेको अध्यक्षतामा भएको सडक सिलान्यास कार्यक्रममा इञ्जििनयर सुजन अधिकारीले सडकको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई सरु, नेकपा फाकफोकथुमका इञ्चार्ज राजकुमार थापा, अध्यक्ष दिपेन्द्र खनाल, नेकपा जिल्ला कमिटी सदस्य प्रकाश परियार लगायतले सडक निर्माणले फाकफोकथुम गाउँपालिकाको मुहार फेरीने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार