इलाम । यूनियन लाईफ इन्स्योरैन्स कम्पनी लिमिटेड इलाम शाखाले १४ लाख रुपैया मृत्यू दाबी भुक्तानी गरेको छ ।देउमाई नगरपालिका वडा नंं ४ का श्याम प्रसाद अधिकारीको गत मंसिर २४ गते मलेसियामा मृत्यू भए पश्चात उक्त दाबी भूक्तानी गरिएको हो ।
देउमाई नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा देउमाइ नगरपालिकाका नगर प्रमुख सुर्य पोख्रेल, वडा नं ४ का वडाध्यक्ष राजेन्द्र बास्तोला र यूनियन लाईफ इन्स्योरेन्सका प्रमुख गोपाल दाहालले संयूक्त रुपमा मृतककी श्रीमती छायादेबी दुलाल अधिकारीलाई १४ लाख रुपैया बराबरको चेक हस्तान्तण गरे ।
बैदेशिक रोजगार म्यादी बिमा अन्तरगत १० लाख रुपैँया विमाङ्क, १ लाख रुपैँया शव ल्याउने खर्च, १ लाख रुपैया काजकिरिया खर्च र संभावित आर्थिक क्षती वापत २ लाख गरि जम्मा १४ लाख रुपैया वितरण गरिएको शाखा प्रमुख दाहालले जानकारी दिए ।