Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा २५ औँ जनयुद्ध दिवस

इलाममा २५ औँ जनयुद्ध दिवस

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन १ २०७६


इलाममा २५ औँ जनयुद्ध दिवस

इलाम । इलाममा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्मान एवं स्मृतिमा २५ औँ जनयुद्ध दिवसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । सहिदको स्मृति, वेपत्ता नागरिक र घाइते योद्धाहरुसँगै परिवर्तनका खातिर लड्नुहुने सबै  योद्धाहरुको सम्मानमा आज नेकपा इलाम जिल्ला कमिटीको आयोजनामा “शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।


नेकपा पार्टी जिल्ला सचिव सोममाया राई सिन्धु को अध्यक्षता एवं पार्टी प्रदेश कमिटी सदस्य टिकादेवी घिमिरेको प्रमुख आतिथ्यतामा राजनीतिक परिवर्तनका लागि लड्ने सहिदहरुको संम्झना गरिएको थियो । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला कार्यालय सदस्य भक्त केसी, विजय खम्बु, शान्ता बस्नेत, पार्टी जिल्ला सचिवालय सदस्य एवं जिसस प्रमुख गणेशप्रसाद बराल, कार्यालय सचिव नवराज शंकर, सचिवालय सदस्यहरु देवेन्द्र विश्वकर्मा, प्रवाश शर्मा, र जीवन शर्मा ढुङ्गाना लगायतका नेता कार्यकर्ताहरुले सहिदको देखाएको बाटो बिर्सनु नहुनेमा जोड दिएका थिए ।
जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्मान एवं स्मृति र वेपत्ता नागरिक र घाइते योद्धाहरुसँगै परिवर्तनका खातिर लड्ने योद्धाहरुको सम्मानमा अनेरास्ववियू मरव क्याम्पस कमिटी को आयोजना मा नवआगन्तुक बिद्यार्थी लाई स्वागत कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै अनेरास्ववियू जिल्ला कमिटी इलामको आयोजनामा इलाम चोक बजारमा दिप प्रज्वलन समेत आयोजना गरिएको संयोजक प्रवेश पराजुलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार