Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न

माईजोगमाई गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन १ २०७६


माईजोगमाई गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न

नयाँबजार । माईजोगमाई गाउँपालिकाको छैटौ गाउँसभा सम्पन्न भएको छ ।  २ वटा बिधेयक पारित गर्दै गाउँसभा सम्पन्न भएकाे हाे । गाउँपालिका अध्यक्ष जित बहादुर राईको अध्यक्षातामा बसेको गाउँसभामा अर्धबार्षिक प्रगति समिक्षा समेत भएको छ । प्रगति समिक्षा अन्तरगत योजना शाखाबाट  बिरध्वज लिम्बूले चालु आर्थिक बर्ष २०७६७७ को योजनाहरुको सम्झौता भएका र सम्झौता गर्न बाकी रहेका योजनाहरुको बारेमा प्रस्तुत गरेका थिए । त्यसैगरी स्वस्थ्य सम्बन्धी प्रगति स्वस्थ्य शाखा प्रमुख राम शंकरदेवले प्रस्तुत गरेका थिए ।
शिक्षा शाखाको तर्फबाट शाखा प्रमुख पबित्रा ढकालले प्रगति प्रस्तुत गरेकी थिइन् । कृषि शाखाको तर्फबाट शाखा प्रमुख अनिसा राई र पशुबिकास शाखाबाट सोम कुमार देवान, सामाजिक शाखाको तर्फबाट गोकुल सञ्जेल, न्यायिक समितिको तर्फबाट गाउँपालिका उपाध्यक्ष साबित्रा भट्टराई र अर्धबार्षिक राजस्वको प्रगति समिक्षा पौडेलले प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाको आम्दानी र खर्च बिवरण लेखा शाखाका प्रदिप नेपालबाट प्रस्तुत भएको थियो भने माईजोगमाई गाउँपालिकाको कर्मचारी ब्यवस्थापन बिधेयक र जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यबिधि बिधेयक समितिका संयोजक याम कुमार कार्कीले प्रस्तुत गरेका थिए ।
गाउँपालिकाको कर्मचारी ब्यवस्थापन बिधेयक र जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यबिधि गाउँसभाबाट समेत पारित भइसकेको छ । सभामा सभा सदस्यहरुको जिज्ञासाको समाधान समेत सम्बन्धित शाखा प्रमुखहरुले प्रस्तुत गरेका थिए । २ बर्ष ८ महिनाको यो लामो समयमा जनप्रतिनिधि माईजोगमाईबासीको साथ सहयोगले गाउँपालिका अघि बढेको छ । अध्यक्ष जित बहादुर राइले भने । सबैको साथ र सहयोग भएमा सफल बन्न सकिने अध्यक्ष राईले बताए । गाउँपालिका को सार्वजनिक सुनुवाइ यहि फागुन ७ गते गर्ने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार