Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पशुपतीनगर बजारमा आगलागी

पशुपतीनगर बजारमा आगलागी

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २६ २०७६


पशुपतीनगर बजारमा आगलागी

पशुपतीनगर । इलामको सूर्योदय नगरपालिका– २ पशुपतीनगर बजारमा आगलागी भएको छ । सामुदायिक प्रहरी केन्द्रको भवन नजिकै रहेको सुधन क्षेत्रीको घरमा आगलागि भएको प्रहरीले जनाएको छ । अन्दाजी साढे ७ बजेको समयमा घरमा कोही नभएको बेला एक्कासी घरमा आगो लागेको देखेपछि छिमेकीले प्रहरीलाई खवर गरेका थिए । आगो करिव करिव नियन्त्रणमा आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल पशुपतीनगरका प्रहरी निरिक्षक पवन खड्काले जानकारी दिए ।
उनका अनुसार क्षेत्रीको दुईतले काठले बनेको टिनले छापेको घर आगलागिबाट पुर्ण रुपमा क्षति भएको छ । के कारणले आगलागि भयो भन्ने बिषयमा खुल्न सकेको छैन् । घरमा रहेका लत्ता कपडा, भाँडा वर्तन जलेर नष्ट भएको छ । क्षतिको पूर्ण बिवरण आउन बाँकी रहेको छ । आगो स्थानिय, प्रहरी, ससस्त्र प्रहरी र सूर्योदय नगरपालिकाको दमकलको सहयोगमा करिव नियन्त्रणमा आइसकेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार