प्रख्यात टेलिभिजनकर्मी तथा बरिष्ठपत्रकार दुर्गानाथ शर्माको आज निधन भएको छ। बाइसबर्ष अघि मुटूको शल्यक्रिया गराएका ७२ बर्षीय शर्माको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । गोरखापत्रबाट पत्रकारिता शुरु गरेका शर्माले नेपाल टेलिभिजनमा झन्नै पच्चिस बर्ष सेवा गरेका थिए ।
रेडियो नेपालमा समाचार बाचक र नेपाल टेलिभिजनको पहिलो समाचार बाचक शर्मालाई धेरैले विश्वघटना कार्यक्रममा देख्ने गरेका थिए । नेपाल टेलिभिजनको महाप्रवन्धक समेत रहेका दुर्गानाथ शर्माले नौ बर्ष अघि नेपाल टेलिभिजनबाट अवकास लिएपछि विभिन्न निजी टेलिभिजनमा सम्बद्ध भएर काम गरेका थिए । उनका दुई छोरा र श्रीमति छन्।
उनलाई केहिदिन अघि हृदयाघात भएपछि गंगालाल हृदय केन्द्र मा भर्ना गरिएको र पछि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेण्टरमा सारिएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिने बताइएको छ । शर्माको जन्म विसं २००४ सालमा इलामको फिक्कलमा भएको थियो। गत साउनमा शर्माले पु¥याएको योगदानको कदर गर्दै सूर्योदय नगरपालिकाले सम्मान गरेको थियो । शर्मा सूर्योदय नगरपालिका–९ बरबोटका स्थायी बासिन्दा हुन् ।