Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

हरियाली अभियान प्रालिले इलाममा १ सय ६० वटा कृषि उपकेन्द्र बनाउदै

हरियाली अभियान प्रालिले इलाममा १ सय ६० वटा कृषि उपकेन्द्र बनाउदै

  • ध्रुव फागो
  • बिहिबार, माघ १६ २०७६


हरियाली अभियान प्रालिले इलाममा १ सय ६० वटा कृषि उपकेन्द्र बनाउदै

सन्दकपुर । हरियाली अभियान प्राली इलामले एक सय साठी कृषि उपकेन्द्र निर्माण गर्ने भएको छ। इलामको ६ वटा गाउँपालिका र ४ वटा नगरपालिकाहरुमा कार्यक्रम सुरु गरिएको हो। हरेक कृषकहरु कृषिमा आत्मानिर्भर र ब्यवसायिकिकरण गर्ने उदेश्यले सुरु गरिएको हरियाली अभियान प्राली इलामले प्रत्येक एक घर कृषकलाई एक रोपनी जग्गमा तरकारी खेती गर्ने गराउने लक्ष्य रहेको छ। अहिलेको कृषिमा रासायनिक र बिसादीको बढी प्रयोगले सारा मानिसहरुको स्वस्थलाइ बिगार्दै लगेको अवस्थामा सो समस्यालाइ नियन्त्रण गर्ने प्रालिको उदेश्य रहेको बताइएको छ ।
भदौ महिनादेखि सुरु भएको सो कार्यक्रमले अहिले मल बनाउने,प्लास्टिक पोखरी निर्माण गर्ने,जुरे गाई सम्बन्धि ब्यवस्थापन ,अर्गानिक तरकारीसम्बन्धि कार्यहरु गर्दै आइरहेको छ। हरियाली अभियान प्राकृतिकका इलाम संयोजक नारद मणि साङपाङले अहिले इलाममा १६० वटा कृषि उपकेन्द्र निर्माण गर्ने लक्ष्य राखेका बताए । प्रत्येक किसानलाइ २० रोपनी जग्गामा सामुहिक खेती गरि परियोजना निर्माण गरि कृषि फारमको निर्माण गर्ने उद्धेश्य रहेको उनले बताए ।
प्राकृतिक खेती ,स्वस्थ जीबनशैली, समृद्ध किसान हाम्रो अभियान भन्ने मुल नाराका साथ सुरु भएको सो कार्यक्रमले इलामका सम्पुर्ण क्षेत्रका कृषकलाइ प्राकृतिक उत्पादन प्रणालीको बैज्ञानिक बिधिबाट प्रसोधित गरि किसानहरुको जिबन स्तर उकास्ने र आत्मनिर्भर बनाउने साम्पाङले बताए । कार्यक्रममा जम्मा १० जना इलाम जिल्ला समिती रहेका छन भने ४० जना प्राबिधिक उत्पादन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार