कन्याम । प्रदेश नम्बर एकका प्रदेश सांसद काजीमान कागतले सूर्योदय नगरपालिका–७ कन्याममा २८५६ औ सोनाम ल्होसार मनाएका छन् । नगरका जनप्रतिनिधी र संघसंस्थाका प्रतिनिधीहरुलाई घरैमा बोलाएर कागतेले ल्होसार मनाएका हुन् ।

कार्यक्रममा सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराई, वडा नं ७ का अध्यक्ष लेखनाथ खड्का, वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्मा, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, वडा नं १२ का अध्यक्ष डोलेन्द्र भारद्धाज, आदिवासी जनजाती महासंघ समन्वय समितिका अध्यक्ष सोनाम यल्मो लगायतको उपस्थिती रहेको थियो ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष सुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तामाङ जातिको बाहुल्यता रहेको विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।