इलाम । वुद्धमाया सोङ्मीको अध्यक्षतामा ७ सदस्यीय लिम्बू पत्रकार संघ इलामको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न तेश्रो अधिवेशनबाट सोङमीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । उपाध्यक्षमा सुमन लावती (गुन्द्रुके), सचिवमा लोकेन थेवे र कोषाध्यक्ष सृष्टि खापुङ निर्वाचित भएका छन् । सदस्यहरुमा, लीला थेगिम, सन्तोष खापुङ र वुद्धराज योङहाङ निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय प्रतिनिधिहरुमा सटेन्द्र जबेगु, ज्ञानु केदेम, अतित योङहाङ र काकीराम लावती निर्वाचित भएका छन् ।