Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

गोगनेका बिमलको हत्यारा पक्राउ गरी सार्वजनिक

गोगनेका बिमलको हत्यारा पक्राउ गरी सार्वजनिक

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ १ २०७६


गोगनेका बिमलको हत्यारा पक्राउ गरी सार्वजनिक

फिक्कल । इलामको सूर्योदय नगरपालिका–७ गोगनेका २९ बर्षिय विमल घलेको हत्यामा आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्जिलिङ बिजनबारी घर भएका २९ बर्षिय बिजय घले र स्थानिय २८ बर्षिय समुन घले रहेका छन् । पक्राउ परेका दुवै जनाले आइतबार राती १० बजे मादक पर्दाथ सेवन गरी झगडा हुँदा ढुङ्गा प्रहार गरी बिमलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
सोमबार विहान नजिकैको खोल्सीमा बिमललाई मृत अवस्था स्थानियले फेला पारेका थिए । घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरिरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र निलडाँम देखिएको थियो । शव पोष्टमार्ट गरी मंगलबार परिवारलाई जिम्मा लगाइएको छ । अभियुक्त दुवै जनालाई कर्तव्य ज्यान मुद्धामा अदालतमा म्याद थप गरी इलाका प्रहरी कार्यालय पशुपतीनगरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार