Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पाँच बर्षे आवधिक योजना बनाउँदै सूर्योदय

पाँच बर्षे आवधिक योजना बनाउँदै सूर्योदय

  • स्मिता देवान राई
  • आइतबार, पौस २० २०७६


पाँच बर्षे आवधिक योजना बनाउँदै सूर्योदय

फिक्कल । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाकोे पाँच बर्षे आवधिक योजना तर्जुमा सम्बन्धी तीन दिने गोष्ठी आईतबारबाट शुरु भएको छ । आवधिक योजना नगरको ५ बर्षको लक्ष्य र उद्देश्य प्राप्त गर्नकाका लागि भएकाले आगामी दिनमा नगरलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा आवधिक योजना गोष्ठी केन्द्रित हुने नगर प्रमुख रण बहादुर राईले बताए । उनले आवश्यक्ताहरु असिमिति भएको बताउँदै पुरा गर्न बित्तीय ब्यवस्थापन गर्ने भन्ने बिषय नगरपालिकाको मुख्य चुनौती रहेको प्रमुख राईले बताए ।
नगरप्रमुख राईको अध्यक्षता तथा प्रदेश सांसद राम रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख राईले संघको योजना बनेपछि प्रदेशको बन्ने र प्रदेशको बनेपछि मात्रै स्थानीय सरकारको बनाउनु पर्ने भएकोले केहि ढिलो भएको जानकारी दिए । प्रमुख अतिथी सांसद रानाले नगरको आधारभुत आवश्यक्ता पुरा गर्ने गरीका योजना बनाउन सुझाव दिए । उनले बिद्युत खानेपानी जस्ता आधारभुत कुरामा ध्यान दिन समेत सुझाव दिए ।
सांसद रानाले स्थानीय क्षेत्रमा नै शसक्त जनशक्ति आवश्यक पर्ने भएकोले मानव संसाधनको विकासमा योजनाहरु बनाउन आवश्यक रहेको बताए । मानविय संसाधनको विकास गर्न सके स्थानीय स्तरमै रोजगारी सृजना गरी बेरोजगारी समस्या समाधान गर्न सकिने धारणा राखे । कार्यक्रममा नगर उप–प्रमुख दुर्गा देवि भट्टराईले स्वागत मन्तब्य राख्नु हुँदै ३ दिने योजना तर्जुमा गोष्ठीमा सबै क्षेत्रका बिज्ञ सरोकारवालाहरुको सुझावलाई लिएर एक बिशेष योजना बनाउने बताइन् ।

उनले नगरको चौतर्फी विकासका लागि त्यसै अनुसार अगाडी बढने बताइन् । प्रमुख प्रसाशकिय अधिकृत प्रकाशराज पौडेलले समृद्ध सूर्योदयको निमार्णका लागि आवधिक योजना तर्जुमा कोशेढुङगा सावित हुने भएको बताए ।
नेपाली काग्रेसका क्षेत्रीय सभापती दुर्गा बरालले पर्यटकहरुलाई यस क्षेत्रमा आउने र बस्ने उचित आधार तय गर्नु पर्ने बताउदै नगरलाई समृद्ध बनाउन शिक्षा स्वास्थ्य लगायतका कुरामा ध्यान दिएर अगाडी बढनु पर्ने सुझाव दिए । उक्त कार्यशालामा बिज्ञहरु बसन्त गौतम र पुरुषोत्तम नेपालले सहजिकरण गर्दैछन् । कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधि उद्योग बाणिज्य संघ, होटल ब्यवसायी संघ, बिभिन्न संघ संस्थाका प्रतिनिधि , वडा अध्यक्ष, कार्यपालिका सदस्य ,वडा सदस्य लगायतको उपस्थिति रहेको थियो । आगामी २२ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार