ताप्लेजुङ । तेह्रथुम स्थित तमोर नदीको फाक्चुवा दोभानको सेती वगरमा माझीले भेट्टाएको शव ताप्लेजुङवाट ३२ दिन देखि वेपत्ता भएकी मन्दिरा अधिकारीकै भएको पुष्टि भएको छ । मृतक मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिराको अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि सर्टका आधारमा मन्दिराको शवको पहिचान भएको हो ।
मन्दिराको शव पहिचान पछि अहिले शव डुङ्गा वाट तमोर तारेर पोष्टमार्टमको लागि फिदिम अस्पताल तर्फ लाने प्रयास भइरहेको छ । तमोरको वगरमा एक किशोरीको शव फेला परे पछि दुई दिन देखि उक्त स्थानमा तेह्रथुम प्रहरी शवको सुरक्षा दिएर वसेको थियो । इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका इन्सपेक्टर शेशकराम थाम्दारका अनुसार माछा मार्ने क्रममा पाँचथरको सिम्लेका धनवहादुर माझीले उक्त शव फेला पारेका थिए ।
याे पनि पढ्नुहाेस्
भाइटिकाको समेत अपमान गरी हत्या गर्ने रमेश सार्वजनिक
प्रहरी द्वरा गत पुस ९ गते पक्राउ परेका ताप्लेजुङ हाङपाङका रमेश अधिकारीले मन्दिराको हत्या आफुले नै गरेको भनेर स्विकारि सकेका छन् । मन्दिराको हत्या गत मंसिर १७ गते ताप्लेजुङको नाङखोल्याङ र फूलवारीको सिमाना भएर वग्ने तमोर नदीको किनारमा रहेको मित्ला खेतमा गरेर उनको शवलाई मित्ला पुलवाट तमोरमा झारेको भन्दै रमेशले प्रहरी सँग घटनास्थलमै आएर यस अघि नै यसको पुष्टि गरिसकेका थिए । यदपी मन्दिराको शव नभेटिएका कारण उनलाई हाल सम्म बेपत्ताको सुचिमा राखिएको थियो।
हत्या आरोपित रमेशलाई मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् गत पुस ९ गते हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । रमेश र मन्दिरा नाताले दाजुवहिनी पर्छन् । उनीहरु सँग तिहारमा लगाएको भाईटिकाको गहिरो भावनात्मक सम्बन्ध समेत थियो । गत मंसिर १७ गते फूलवारी स्थित आफ्नै घरवाट बेपत्ता भएकी मन्दिरालाई रमेशले घरैवाट अपहरण गरि लगेर बलात्कार पछि मारेर तमोरमा फालेको हुन सक्ने मन्दिराका परिवारको आरोप छ ।